लैंगिक हिसां तथा जातीय विभेद विरुद्धको सचेतनामुलक सडक नाटक प्रर्दशन
सुर्खेत । २०७९ फागुन १० गते
अनौपचारिक सेवा केन्द्र इन्सेकले लैंगिक हिसां तथा जातीय विभेद विरुद्धको सचेतनामुलक सडक नाटक प्रर्दशन गरेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा फागुन ९ गते समाजमा लैंगिक हिसां र जातीय विभेदका कारण पछाडी परेको र धेरै मानव अधिकार हननका घटनाहरु पनि लैंगिक हिसा र जातीय बिभेदका कारण घट्ने गरेकाले सचेतनामुलक सडक नाटक प्रर्दशन गरिएको हो ।लैंगिक हिसां तथा जातीय विभेद विरुद्ध ऐनहरु हुदाँहुदै पनि यस्ता घटना समाजमा व्याप्त भएका कारण कानुनी सचेतना अभिवृद्धि गर्न कर्णाली कला प्रतिष्ठानसंग सहकार्य गरि सडक नाटक गरिएको इन्सेकका कार्यक्रम संयोजक किरण पौडेलले जानकारी दिनुभयो ।

सडक नाटकमा महिलाले लैंगिक हिसांका कारण पढ्न नपाउने, मानसिक तथा शाररिक हिंसा सामना गर्नु पर्ने लगायत जातीय विभेदका कारण किशोर किशोरीहरूले ज्यान गुमाउनु पर्ने र दलितहरुले आत्म सम्मान बिना समाजमा बाँच्नु पर्ने स्थितिको चित्रण गरिएको थियो । करिव २०० जनाको सहभागिता रहेको सडक नाटकलाई थप प्रभावकारी बनाउनका लागी लैगिंक हिसा तथा जातीय विभेद सम्वन्धी कानूनी सचेतना पर्चा पनि बितरण गरिएको थियो ।
प्रभाकुमारी रावत
HUMAN RIGHTS NEWS PORTAL






