लैंङ्गिक तथा घरेलु हिंसा न्युनिकरणका लागि कानुनी सचेतना कार्यक्रम सम्पन्न
कालीकोट । २०८० कात्तिक २० गते
लैङ्गिक तथा घरेलु हिंसा लगाएतका कुप्रथालाई न्युनिकरण गर्नका लागि कानुनी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । इन्सेक कालिकोट आयोजना र मानव अधिकार रक्षक सञ्जालको समन्वयमा लैंङ्गिक तथा घरेलु हिंसा न्युनिकरण गर्न खाँडाचक्र नपा–३ सियालवाडा गाउँमा कानुनी सचेतना कार्यक्रम कात्तिक १९ गते सम्पन्न भएको हो । नेपाल बार एसोसियसन अध्यक्ष अमलराज शाहीले सहजिकरण गर्नु भएको सचेतना कार्यक्रममा घरघरमामा हुने घरेलु हिंसा विभेद,महिलामाथि हुने हिंसा,छाउपडिप्रथा, यौन हिंसाका पीडितहरुलाई कानुनी पहुँचका विषयमा छलफल गरिएको छ ।
सथै सहजकर्ता शाहीले लैंङ्गिक तथा यौन हिंसा गर्नेलाई कानुनी सजाय,जातीय भेदभाव उन्मुलनसम्बन्धी ऐन कानुनका विषयमा छलफल गर्नु भएको थियो । यस्तै गरी , घरेलु हिंसा कसुर सजाय ऐन,बालबालिका माथि हुर्ने दुव्र्यवहार यसको नियन्त्रणका बारेमा उहाँले बताउनु भएको थियो ।
कार्यक्रममा विभिन्न प्रकारका हिंसाका घटनामा परी पीडित भएका विपन्नहरुलाई छिटो छरितो न्यायको पहुँचसम्म पुग्नका लागि मानव अधिकार रक्षक सञ्जालको गठन भएको र यसका काम कर्तव्यका बारेमा पनि जानकारी गराइएको थियो । कार्यक्रममा खाँडाचक्र नपा–३ सियालवाडा गाउँका विपन्न बस्तीका स्थानीय महिला,युवा र किशोरी लगायतको सहभागिता रहेको कार्यक्रममा इन्सेक प्रतिनिधिले घरेलु हिंसा,महिलामाथि हुने विभेद तथा दुव्र्यवहारबाट पीडित भएका महिलाहरुलाई न्यायको पहुँचमा पुगाउन लागि जिल्लामा विभिन्न सरकारी तथा गैर सरकारी सस्थाहरु रहेको बारे जानकारी गराउनु भएको थियो ।
कालीबहादुर मल्ल