लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा बाल अधिकार चेतना समूहद्वारा सडक नाटक प्रर्दशन
कैलाली । २०८० मङ्सिर २२ गते
इन्सेकको सहयोगमा कैलारी गाउँपालिकास्तरीय मानव अधकार समूह, बाल अधिकार चेतना समूह र राष्ट्रिय माध्यामिक विद्यालयको संयुक्त आयोजनामा बाल अधिकार चेतना समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मङ्सिर २२ गते सडक नाटक तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । राष्ट्रिय माध्यामिक विद्यालयमा गठित बाल अधिकार चेतना समूहले समुदायमा कुप्रथाको रुपमा रहिआएको बोक्सी प्रथा विरुद्ध सडक नाटक र महिला हिसांको अन्त्यका लागि विद्यार्थीको भुमिका विषयक वक्तित्वकला प्रतियोगिता सम्पन्न गरेको हो । कैलारी गाउँपालिकास्तरीय मानव अधिकार समूहका सचिव ज्ञानु चौधरीले समाजमा बोक्सीको नाममा महिला हिंसा हुने गरेकाले यस्ता कुप्रथालाई न्यूनीकरण गर्न सचेतनाका लागि निरन्त रुपमा सडक नाटक प्रदर्शन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले भन्नु भयो– ‘हाम्रो समाजमा सामाजिक मुल्यमान्यताका कारण अझै पनि बोक्सी जस्ता कुप्रथालाई मान्दै आइरहेकाले समुदायमा बोक्सी प्रथा कानुनी रुपमा द्वन्द्वीय रहेको भनेर सचेतना फैलाउन आवश्यक छ ।’

यसैगरी घोडाघोडी नगरपालिका—१० पहलमानपुरस्थित कान्ति राज्यलक्ष्मी माध्यामिक विद्यालयका बाल अधिकार चेतना समूहले लैङ्गिक तथा अल्पसङ्ख्यक समुदायले भोग्दै आएको विभेद सम्बन्धमा मङ्सिर २२ गते सडक नाटक र महिला हिसांको अन्त्यका लागि विद्यार्थीको भुमिका विषयक वक्तित्वकला प्रतियोगिता सम्पन्न गरेको छ । घोडाघोडी नगरपालिकास्तरीय मानव अधिकार समूहका अध्यक्ष आशा परियारले लैङ्गिक तथा अल्प सङ्ख्यक समुदायले अझै पनि आफ्ना समस्या खोलेर भन्न नसक्ने हुँदा मानसिक समस्या तथा डिपे्रशनमा जाने जस्ता समस्या भोग्दै आइरहेकाले लैङ्गिक तथा अल्पसङ्ख्यक समुदायको सवाललाई उजागर गरी नाटक देखाएकाले बाल अधिकार चेतना समूहलाई धन्यवाद दिनु भयो । यसैगरी घोडाघोडी नगरपालिका—२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका बाल अधिकार चेतना समूहले बालविवाह विरुद्ध मङ्सिर २२ गते सडक नाटक गरेका छन् । दशरथ माध्यामिक विद्यालयका सहायक प्रधानाध्यापक खगेन्द्र चन्दले उमेर नपुग्दै बालबालिकाहरुले प्रेम विवाह गर्ने कारण समाजमा बालविवाह बढेको र बालविवाहका कारण बालबालिकाहरुको व्यक्तित्व विकास हुन नसक्दा आर्थिक, मानसिक, पारिवारिक तथा समाजिक समस्याले हिसां बढाएको बताउनु भयो । सडक नाटक तथा वक्तित्वकला प्रतियोगितामा बिभिन्न विद्यार्थीहरुले भाग लिएका थिए भने कार्याक्रममा मानव अधिकार समूहका पदाधिकारी, शिक्षक, अभिभावक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
मैनामोती चौधरी
HUMAN RIGHTS NEWS PORTAL






