लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको पहिलो दिन प्रभातफेरी गरि मनाइयो
कास्की । २०८० मङ्सि ९ गते
‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन मङ्सिर ९ गते कास्कीमा प्रभातफेरी गरि मनाइएको छ । लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान मूल आयोजक समिति, इन्सेक, कोपिला नेपाल, सहयात्री समाज, महिला मानव अधिकार रक्षक, थ्रिएन्जल नेपाल, एकल महिला समूह, कोसिस नेपाल, सामाजिक विकास केन्द्र कास्की, सामाजिक विकास मन्त्रालय, दलित महिला संघ कास्की, जिल्ला प्रहरी कार्यालय कास्कीका महिला प्रहरी गायतका विभिन्न संस्थाहरुको आयोजनामा पोखरामा प्रभातफेरी तथा र्याली गर्दै मनाइएको हो ।
र्याली पछिको कोणसभामा बोल्दै गण्डकी प्रदेश सरकारकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिम्खडाले महिला हिंसा, यौन हिंसा, बलात्कार तथा घरेलु हिंसा लगायतका घटनामा छिटोछरितो तरिकाले टुंगोमा पुर्याउन र पीडितलाई न्याय दिलाउन सम्बन्धित निकायलाई अनुरोध गर्नुभयो । उहाँले महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गतको पहिलो दिन गण्डकी प्रदेश सरकारको सहकार्यमा विभिन्न संस्थाहरुले साथ र सहयोग दिएको मा धन्यवाद दिनुभयो । उहाँले यसरी नै महिला विरुद्धको सबै खाले हिंसाका विरुद्धमा एकजुट भएर अगाडि बढ्न सबैलाई आग्रह गर्नुभयो । कार्यक्रममा इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेलले महिला हिंसा विरुद्धको अभियान जनस्तरमा जागरुकता फैलाउने र महिला हिंसा न्यूनीकरण गर्ने कार्यमा सबै सरकारी तथा गैरसरकारी संस्थाहरूसँग समन्वय आवश्यक हुनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा गैसस महासंघ नेपाल गण्डकी प्रदेशका प्रमुख गोपाल खड्का, समाजिक विकास मन्त्रालयका सचिव वुद्धिनाथ अधिकारी र कोपिला नेपाल कास्की विना शिलवाल लगायतले मन्तव्य राख्नुभएको थियो ।
सन्जय रानाभाट