वडा स्तरीय मानव अधिकार समूह गठन
कास्की । २०८० जेठ २० गते
माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा जेठ १९ गते वडा स्तरीय मानव अधिकार समूह गठन भएको छ । समूहको अध्यक्षमा शोभा मोहन लम्साल, उपाध्यक्षमा लक्ष्मी लम्साल, सचिवमा राजाराम पौडेल र कोषाध्यक्षमा नवीन कुमार श्रेष्ठ चयन हुनु भएको छ । सदस्यहरूमा भुवनेश्वर पोखरेल, गिरेन्द्र बहादुर हमाल, अम्बर बहादुर नेपाली, सुन कुमारी नेपाल र उर्मिला रानाभाट चयन हुुनु भएको छ ।
गाउँपालिका स्तरीय मानव अधिकार समूह र वडा नम्बर ३ घाचोकको संयुक्त आयोजनामा भएको कार्यक्रममा मानव अधिकार समूहका कोषाध्यष प्रेमकुमारी अधिकारी, वडा अध्यक्ष हरिशचन्द्र लम्साल लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला सहजकर्ता सुष्मा आचार्य अधिकारीले मानव अधिकार समूहको काम, कर्तव्य र अधिकारका बिषयमा सहजीकरण गर्नु भएको थियो ।
नारायण क्षेत्री