वातावरणको अधिकारसम्बन्धी कार्यशाला सम्पन्न

कैलाली । २०७९ चैत २२ गते

कैलारी गाउँपालिकास्तरीय मानव अधिकार समुह र इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको संयुक्त आयोजनामा वातावरण संरक्षण र वातावरणको अधिकारसम्बन्धी कार्यशाला चैत २१ गते कैलारी गाउँपालिकास्थित हसुलियामा सम्पन्न भएको छ । कैलारी गाउँपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख ठागुराम चौधरीले वातावरण संरक्षण ऐन २०७६ र नियमावली २०७७ गाउँपालिकामा एक पटक मात्रै छलफल भएकाले मानव अधिकार समुहले वातावरण संरक्षण गर्नका स्थानीय तहको ध्यानकर्षण गराएकोमा धन्यवाद दिनु भयो ।

उहाँले भन्नु भयो— ‘गाउँपालिकामा मानव अधिकारको संरक्षणसँगै वातावरण संरक्षण गर्न अत्यावश्यक रहेको छ । यसको लागि मानव अधिकार  समुह र विपद् शाखाको संयुक्त पहलमा पालिकालाई नीति तथा ऐन बनाउन दवाव दिनु पर्छ ।’ मानब अधिकार समुहका अध्यक्ष मानबहादुर चौधरीले वातावरण संरक्षणका लागि एक व्यक्तिले मात्र नभइ घर, टोल, विद्यालय, समाज, शहर सबै ठाँउबाट सबैले सरसफाई गर्न आवश्यक रहेको बताउनु भयो ।

मैनामोती चौधरी