वातावरणको अधिकार सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

कपिलवस्तु । २०७९ फागुन १६ गते

इन्सेक कपिलवस्तु र मानव अधिकार समूह कपिलवस्तुको आयोजना तथा कपिलवस्तु नगरपालिकाको समन्वयमा वातावरणको अधिकार सम्बन्धी कार्यशाला गोष्ठी फागुन १५ गते सम्पन्न भएको छ । कार्यक्रमका कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेलले वातावरणको सङ्रक्षण गर्न सबै सरोकारवालाहरूको साथ सहयोगको आवश्यकता रहेको बताउनु भयो । नगरपालिकालाई सौन्दर्य र समृद्ध नगर बनाउन नगर प्रतिवद्ध रहेको बताउँदै स्थानीय तहलाई खबरदारी गर्दै वातावरण सङ्रक्षण गर्नु सबैको दायित्व भएकोले बताउनु भयो । यसैगरी, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद ज्ञवालीले नगर सभाबाट पारित भएका कार्यविधिको बारेमा जानकारी दिंदै स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने नागरिकको मौलिक अधिकार सङ्रक्षण गर्न प्राकृतिक श्रोतको समुचित उपयोग तथा दिगो व्यवस्थापन गर्न र स्थानिय तहमा वातावरण तथा प्राकृतिक श्रोतको संरक्षण ऐन २०७७ , नगरसभाबाट ०७७ असार २६ पारित भई०७७ असार ३० गते प्रमाणिकरण भएको बताउनु भयो ।

कार्यक्रममा गैसस महासंघका जिल्ला अध्यक्ष प्रविणकुमार श्रीवास्तवले गैसस महासंघ वातावरण सङ्रक्षणको अधिकारको बिषयमा प्रतिवद्ध रहेको बताउनु भयो । नगरले छुट्याउने बजेट भौतिक पूर्वाधार तर्फमात्र भएको भन्दै फोहोर व्यवस्थापनका लागि बजेटलाई प्राथमिकतामा राख्नु पर्नेमा जोडदिनु भयो । मानव अधिकार समूह कपिलवस्तुका अध्यक्ष पुष्पा रेग्मीले वातावरणको अधिकार सम्बन्धि निती तथा कार्यविधिलाई नगरपालिकाले सक्रियरुपमा अगाडी बढाउन आग्रह गर्दै शिक्षा, स्वास्थ्य, वातावरण, लैंगिक विभेद , बाल विवाह , दाईजो प्रथा र जातीय विभेदलगायतका बिषयमा नगरसँग समन्वय गरी समुदायमा मानव अधिकार समूहले काम गर्ने बताउनु भयो ।

पार्वती आचार्य