वातावरण अधिकारसम्बन्धी कार्यशाला सम्पन्न

सुर्खेत । २०८० माघ १३ गते

स्थानीय स्तरमा वातावरण अधिकारसम्बन्धी एकदिने कार्यशाला बराहताल गाउँपालिकामा सम्पन्न भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालयकोे आयोजना,बराहताल मानव अधिकार समूहको समन्वय र बाल अधिकार समूहको सहकार्यमा माघ १२ गते सम्पन्न गरिएको हो । वडा नम्बर ६ का वडा अध्यक्ष नवराज शर्माले वातावरण शब्द एकदमै फराकिलो भएको र त्यसको संरक्षणका लागि नागरिकले आफैबाट सुरु गर्नु पर्ने बताउनुभयो ।  वातावरणसम्बन्धी बनेका कार्यविधिलाई कार्यान्वयन गर्न पालिकालाई ध्यानाकर्षण गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । वातावरण संरक्षणका लागि समाजमा विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रम सबैको सहकार्यमा गर्नुपर्ने बराहताल गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धर्मराज थापाले बताउनुभयो । सव डिभिजन वन कार्यालयका बड्डीचौरका प्रमुख योगेन्द्र ठाकुरले फोहोर व्यवस्थापन गर्नका स्थानीय सरकारले भएको स्रोत साधनलाई प्रयोग गर्न सकिने सुझाव दिनुभयो । स्थानीय सरकारले राम्रो नीतिल्याए मात्रै वातावरण संरक्षणमा सहज हुने उहाँको भनाइ छ ।

त्यसै गरी, प्रहरी चौकी बड्डीचौरका असई देवेन्द्रकुमार ओलीले नागरिकले आफ्नो जिम्मेवारी र कर्तव्यमा सचेत रहे वातावरण संरक्षण हुने तर्क गर्नुभयो । मनव अधिकार समूहका प्रदेश सदस्य तिलक मस्र्याङ्गी नीति बनाउँदा व्यवहारमा लागू हुनेगरी निर्माण गर्नुपर्ने बताउनु भयो । वातावरण व्यक्ति सँग जोडिएको हुँदा संस्कारमा सकरात्मकता ल्याउनुपर्ने बताउनुभयो । कार्यक्रमममा बोल्दै बराहताल गाउँपालिकाका मानव अधिकार समूहका संयोजक छविलाल शर्माले वातावरण संरक्षणका लागि सबैभन्दा पहिले घरबाट सुरु गर्नुपर्ने बताउनुभयो । त्यसका लागि कुनै संघ संस्थाको भर नपर्नुपर्ने बताउनुभयो । सबै क्षेत्रका सम्बन्धित निकायका प्रतिनिधिहरु सँगै आम नागरिकहरू लाग्नु पर्नेमा जोड दिएका थिए । इन्सेकका सुर्खेत जिल्ला सहजकर्ता ललिता विकले कार्यक्रमको उद्देश्यमाथि प्रकाशपार्दै वातावरण अधिकारसम्बन्धी प्रस्तुतिकरण गर्नुभएको थियो । उहाँले वातावरण संरक्षण गर्न ऐन कार्यान्वयन गर्नुपर्नेमा सरोकारवालालाई ध्यानाकर्षण गर्नुभएको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बाल अधिकार समूह, विद्यालयका प्रध्यानाध्यापक, शाखाकाप्रमुख, प्रहरी कार्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो ।

जगतदल जनाला विक