वातावरण अधिकार सम्बन्धी कार्यशाला कार्यक्रम सम्पन्न

धनुषा । २०८० पुस ११ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको सहयोगमा ०८० पुस ०५ गते बटेश्वार गाउँपालिका-४ स्थित श्री शिव शक्ति माध्यमिक विद्यालयमा वातावरण अधिकार सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक मधेस प्रदेश कार्यलयका फाेकल पर्सन बरुण बस्यालले वातावरण विनाशको असर साझा विषय भएकोले मानव अधिकार रक्षकहरूले नीतिगत तहमा पैरवी गर्न आवश्यक रहेको बताउनु भयो । अन्तर्राष्ट्रिय सन्धि सम्झौता, दिगो विकासका लक्ष्यलगायतका प्रतिबद्धतालाई राष्ट्रिय स्तरमा कार्यान्वयन गर्दै लैजान राज्य गम्भीर बन्नु पर्ने र सम्बन्धित सबैजना जिम्मेवार बन्नु पर्ने उहाँले बताउनु भयो ।

शिव शक्ति माध्यमिक विद्यालयका संरक्षक शिक्षक लाेक हरि खतिवडाले भन्नु भयाे,-“हाम्रो गाउँ घरमा पहिला प्रस्सत मात्रामा पानी उपलब्ध हुन्थ्यो तर अहिले पानीकाे मुहान सुकेको छ, र यसकाे मुख्य कारण वातावरण परिवर्तन रहेकाे छ “। तसर्थ, वातावरणको संरक्षण, बचाउ र सुधार वर्तमान र भावी पुस्ताका लागि अनिवार्य र पहिलो शर्त भएको उहाँले बताउनु भयो । मधेस प्रदेश स्तरीय मानव अधिकार समूहका सचिव हरि नारायण दासले अब वातावरण तथा सरसफाइ कार्यक्रम संचालन गर्न सधे सहयोग गर्ने बताउनु भयाे । मानव जीवनलाई प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव पारिरहेको वातावरणको संरक्षण, बचाउ र सुधार तर्फ जवाफदेही बन्नुपर्ने समेत उहाँले बताउनु भयो । बटेश्वार गाउँपालिका मानव अधिकार समूहको सदस्य रिद्वि प्रसाद ढाेडारिले प्लाष्टिक प्रयोग निषेध गर्नुपर्ने, वृक्षारोपण र वातावरण संरक्षण सम्बन्धी सचेतनमूलक कार्यक्रम विस्तार गर्नुपर्ने आवश्यकता देखिएको बताउनु भयो। 

सन्ताेषकुमार यादव