विद्यालय स्तरिय बाल अधिकार समूह गठन सम्पन्न
मकवानपुर । २०७९ मङ्सि १२ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) आयोजनामा ०७९ मङ्सिर ११ गते मनहरी गाउँपलिका-४ स्थित पशुपति माध्यामिक विद्यालयमा १३ जना सदस्य रहेको बाल अधिकार समूह गठन सम्पन्न भएको छ । इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले मानव अधिकार शिक्षा मार्फत् बाल अधिकारको संरक्षण र प्रवर्धनको लागि बाल चेतना समूह गठन गरिएको बताउनु भयो । उहाँले बाल अधिकारका साथ कर्तव्यसँगै आउने भएकोले यसको पालना गर्न बालबालिकालाई आग्रह गर्नु भयो । साथै भण्डारी संयोजकले यस्ता कार्यक्रममा सहभगी हुँदा बाल बालिकाहरूले आफ्नो अधिकार र दायित्व बुझ्ने र उनीहरूको क्षमता अभिवृद्धि हुने बताउनु भयो । उहाँले विद्यालय भर्ना नभएका र नियमित विद्यालय नआउने बालबालिकालाई विद्यालय ल्याउन तथा बाल बिवाह र बाल बालिकामाथि हुने हिंसा राक्न पनि बाल अधिकार चेतना समूहको महत्वपूर्ण भूमिका हुने धारणा राख्नु भयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले मानव अधिकारसँगै कर्तव्यको पनि बोध हुनु पर्छ र शिक्षा विद्यालय उमेरमै लिनु पर्ने हुँदा अध्ययनलाई पहिलो प्राथमिकतामा राख्न छात्रछात्राहराई अनुरोध गर्नु भयो । उहाँले अनुशान पालनामा ध्यान दिन आग्रह गर्दै समूहमार्फत आम विद्यार्थीमा सकरात्मक परिवर्नको अपेक्षा राखेको बताउनु भयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव गौतमले बाल अधिकारमा आवद्ध बालबालिकाले अरू बालबालिकाको लागि नेतृत्वदायी भूमिका खेल्न आग्रह गर्नु भयो । कार्यक्रमका अध्यक्ष मानव अधिकार समूह मनहरी गाउँपालिकाकी संयोजक विमला गोपालीले विद्यालयमा गुणस्तरीय शिक्षाका लागि बाल अधिकार समूहले आवाज उठाउनु पर्ने बताउनु भयो । पहिलो प्राथमिकता विद्यालय भर्न रहेको र संस्थागत विद्यालय भन्दा सामुदायिक विद्यालयको अध्यन अध्यापन कमजोर रहेको हुँदा यसलाई सुधार गर्नको लागि बाल अधिकार चेतना समूहले सम्बन्धित पक्षको ध्यानकार्षण गराउनु पर्ने उहाँको धारणा थियो ।
इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा