विद्यालय स्तरिय बाल अधिकार समूह गठन सम्पन्न
सुर्खेत । २०७९ मङ्सिर १५ गते
सुर्खेतको पञ्चपुरी नगरपालिका– ५ विद्याज्योती माध्यामिक विद्यालयमा मंसिर १२ गते बाल अधिकार समूह गठन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक ) को आयोजनामा गठन भएको हो । १३ जनाको बहुपदीय समिति गरी बाल अधिकार समुह गठन गरिएको हो । उक्त यस बाल अधिकार समूहको अध्यक्षमा सुनिता रिमाल चयन हुनभएको छ भने उपाध्यक्षमा टीकाराम घिमिरे, कोषाध्यक्षमा प्रकाश नेपाली, सचिवमा निरुता विष्ट, सहसचिवमा चाँदनी जोशी, सदस्यमा रेखा विक, भावना रावत, भरत धमला, मातृका प्रसाद तिमिल्सिना, भुविन नेपाली, लक्ष्मी सुजी,ललिता विक र यमुना ओड चयन हुनुभएको छ । कार्यक्रममा बोल्दै विद्यालय प्रधानाध्यापक कृष्ण प्रसाद सापकोटाले आफ्नो विद्यालयलाई इन्सेकले आफ्नो कार्यक्रमका लागि छनोट गरेकोमा खुशी व्यक्त गर्नुभयो । कार्यसमितिमा आएका १३ जना सदस्यलाई बधाई दिँदै आफ्नो अधिकारको बारेमा आवाज उठाउन सक्षम हुन अनुरोध गर्दै आफ्नो अधिकार र कर्तव्यलाई नबिर्सन आग्रह गर्नुभयो ।
यस्तै कार्यक्रममा बोल्दै विद्यालयका अतिरिक्त क्रियाकलापका संयोजक श्री शेरबहादुर देउवाले मानव अधिकारको संरक्षण र सम्बर्द्धन गर्नको लागि इन्सेक संस्थाले आफ्नो पहल पैरवी गर्दै आएको बताउनुभयो । विद्यालयमा विद्यार्थीहरूको अधिकार हनन हुने गतिविधि नगर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ । मानव अधिकार संरक्षण गर्न आफ्नो विद्यालयले पुरा सहयोग गर्ने बताउनुभयो ।
यसैगरि पञ्चपुरी नगरपालिका–२ को सुर्यप्रकाश माध्यामिक विद्यालयमा मङसिर १४ बालअधिकार समुह गठन गरिएको छ । समुहमा १३ जनाको बहुपदीय कार्यसमिति गठन गरिएको हो । समितिको अध्यक्षमा कक्षा ८ मा अध्ययनरत विष्णु कडेल चयन हुनुभएको छ ।उपाध्यक्षमा कक्षा ९ का सृष्टी रावत, कोषाध्यक्षमा कक्षा ८ का सरिता जोशी, सचिवमा कक्षा १० का कम्पोशा लुवार, सहसचिवमा कक्षा १० का धीरज पहराई मगर, सदस्यमा गरिमा कँडेल, कृष्टी सापकोटा, अञ्जली विसी, प्राथना परियार, धर्मराज कँडेल, बलबहादुर विक र लव भण्डारी रहनुभएको छ ।
यसैगरि बराहताल गाउँपालिका–५ मा रहेको जनज्योती माध्यामिक विद्यालयमा मङ्सिर १५ गते बाल अधिकार समुह गठन गरिएको छ । बाल अधिकार समूहको अध्यक्षमा कक्षा आठका सनिल सिंह सुनार मनोनित हुनुभएको छ । समुहले १३ जनाको बहुपदीय कार्यसमिति गठन गरिएको हो । समुहको उपाध्यक्षमा कक्षा –८ का कस्मेरी गन्द्रमा,कोषाध्यक्षमा कक्षा ८ का एलिना रखाल, सचिवमा कक्षा ८ का सुजन नेपाली, सहसचिवमा कक्षा –९ का निलम पौडेल, सदस्यमा कक्षा–८ हरी कुमाल, आरती घर्ती, नमराज मिजार, सन्दिप नेपाली, जगत नेपाली, तुल्सा सिजापति र लक्ष्मी वि. क रहनुभएको छ । इन्सेक इन्सेक जिल्ला सहजकर्ता ललिता विकले परियोजनाको बारेमा स्पष्ट पार्नु भएको थियो ।
प्रभाकुमारी रावत