विद्यालय स्तरिय बाल अधिकार समूह गठन सम्पन्न
मकवानपुर । २०७९ मङ्सिर ९ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) आयोजनामा ०७९ मङ्सिर ९ गते एक कार्यक्रक्रमको आयोजना गरी मनहरी गाउँपलिकाको रष्ट्रिय रोटरी माध्यामिक विद्यालयमा १५ जना सदस्य रहेको बाल अधिकार समूह गठन सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गाविन्द पौडेलले मानव अधिकार सबैको साझा अधिकार भएको र यसमा बालबालिकालाई प्राथमिकतामा राखेर बाल अधिकारसम्बन्धी छुट्टै व्यवस्था हुँदा उनीहरूको भावनालाई समेट्न सकिएको बताउनु भयो । उहाँले यस्तो कार्यक्रममा सहभगी हुँदा बाल बालिकाहरूले अफ्नो अधिकार र दायित्व बुझ्ने र उनीहरूको क्षमता अभिवृद्धि हुने बताउनु भयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शालिकराम बानियाँले बाल अधिकार समूहले बाल बालिकालाई जागरुप बनाउने हुँदा सिङ्गो समाज नै जगरुप हुने बताउनु भयो । मनहरी गाउँपालिका वडा नं. ९ का कार्यबहाक वडा अध्यक्ष नवराज सुवेदीले इन्सेकले जहिले पनि राज्य र नागरिकहरूबीच उभिएर आफ्नो दायिन्तव पुरा गरिरहेको बताउनु भयो । राज्यमा रहेका कुरुतिहरुसँग इन्सेकले सदै खबरदारी गरिरहेको हुन्छ भन्दै बालअधिकार समूहलाई सहयोग गर्ने प्रतिबद्धता कार्यबहाक वडा अध्यक्ष सुवेदीले ब्यक्त गर्नुभयो । मानव अधिकार समूह, मनहरी गाउँपालिकाकी संयोजक विमला गोपालीले हामीहरूले आफ्नो अधिकार आफै खोज्नु पर्ने बताउनु भयो ।
उहाँले इन्सेकको स्थापना मानव हधिकार संरक्षण र संवद्धन गर्न भएको हो भन्दैसामाजिक न्याय, समतामूलक सामाजिक व्यवस्था, लोकतान्त्रिक राजनीतिक व्यवस्था, कानुनी शासन मानव अधिकार मैत्री वातावरणले सम्मूनत समाजको निर्माण हुने विश्वास गर्नु भयो । इन्सेक मकवानपुरकी सहजकर्ता सलीना गौतमले इन्सेकले १४ जिल्लाका ५६ ओटा विद्यालयमा मानव अधिकार शिक्षा कार्यक्रम मार्फत बाल अधिकार चेतना समूह गठन भई उनीहरूको अधिकारका क्षेत्रमा वकालत गर्दै आएको बताउनु भयो ।
जस अनुसर इन्सेकले मकवानपुरको मनहरी गाउँपालिका र राक्सिराङ गाउँपालिकामा मानव अधिकार शिक्षा कार्यक्रम मार्फत चार ओटा विद्यालयमा बाल अधिकार चेतना समूह मार्फत बाल बालिकाको क्षमता अभिवृद्धिमा सहयोग पु¥याउने बताउनु भयो । इन्सेक बागमती प्रदेश कार्यालयकी कार्यक्रम फोकलपर्सन बालिका न्यौपानेले मानव अधिकार शिक्षा मार्फत पालिका स्तरिय गठन हुने मानव अधिकार समूहले जसमा महिला, बालबालिका, दलित, पछडिपरेका तथा अल्पसङ्ख्यक समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको लागि शिक्षा, स्वस्थ्य, र वातावरण संरक्षण शिक्षाको माध्यमबाट निर्णायक प्रक्रियामा सहभागी हुन सक्षम बनाउनु कार्यक्रमको उद्देश्य रहेको बताउनु भयो ।
इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा