विभिन्न कार्यक्रम सहित ७४ औं अन्तराष्ट्रिय मानवअधिकार दिवस समपन्न

सिरहा । २०७९ मङ्सिर २४ गते

“सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय” भन्ने मुल नाराका साथ मङ्सिर २४ गते सिरहामा विभिन्न कार्यक्रम सहित ७४ औं मानवअधिकार दिवस समपन्न भएको छ । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको अन्तिम दिन लहान नपा, मानवअधिकार संरक्षण केन्द्र (संजाल), अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), जिल्ला प्रहरी कार्यालय, शिक्षाका लागि राष्टिय अभियान नेपाल सिरहा, ओरेक नेपाल, मुक्ति नेपाल, समग्र जनउत्थान केन्द्र, दलित जनकल्याण यूवा कल्ब, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, अपाङ्ग पुनरस्थापना केन्द्र, सहयोगी हातहरु, लगायत संघ संस्थाहरुको आयोजनामा र्याली , सम्मान तथा अन्तरकृया कार्यक्रमगरी समपन्न भएको हो । अन्तरकृया कार्यक्रममा प्रदेश सभा सदस्य राजेन्द्र प्रसाद चौधरीले कानूनलाई बलियो बनाइ दण्डहिनताको अन्तय गर्नुनै मानवअधिकारको सम्मान गर्नु हो बताउनु भयो । प्रदेश सरकारको तर्फबाट मानवअधिकारको संरक्षण र प्रवद्र्धन गर्नको लागि आफनो पुर्णरुपमा सहयोग हुने चौधरीले बताउनु भयो ।

धनगढीमाई नपा का नगर प्रमुख शिवशंकर महतोले मानवअधिकार दिवस मनाइ रहे पनि मानिसहरु अझै मानवअधिकारबाट बञ्चित रहेको र यसलाई रोक्न आजकै दिनबाट शुरुवात गरी घरै देखि सम्मानको बातावरण बनाउनु पर्ने बताउनु भयो । र धनगढीमाई नपा लाई मानवअधिकार मैत्री नगरपालिका बनाउने पक्षमा रहेको र यसमा सबैको सहयोग र साथको आवश्यक्ता रहेकोले एकजुट भएर लाग्नु पर्ने नगर प्रमुख महतोले बताउनुभयो । त्यसैगरी इलाका प्रहरी कार्यालय लहानका डिएसपी कुमार प्रसाद मैनालीले मानवअधिकारको प्रत्याभुती सबै नागरिकले गर्न पाउनु पर्छ र नागरिकको अधिकार हनन् हुन नदिन सबै सचेत हुनु आवश्यक रहेको बताउनु भयो । प्रहरीले जस्तै उजुरीहरु आए पनि कानूनी प्रक्रिया पुरा भएको अवस्थामा संवेदनशिल भएर हेर्ने गरेको बताउनु भयो ।

दुर्गा परियार