खाद्य अधिकार विषयक अन्तरक्रिया सम्पन्न

सुर्खेत । २०७७ पुस २७ गते

 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतद्वारा पुस २४ गते लेकवेशी नगरपालिकामा खाद्य अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपालको संविधान, भाग ३ को मौलिक हकमा खाद्य सुरक्षा सम्बन्धी हकको व्यवस्था गरिएपनि मुलुकका नागरिकहरू उक्त हकबाट बञ्चित हुनुपरेको सहभागिहरूले गुनासो गरे । जनताको स्वच्छ तथा स्वस्थकर खाना पाउने वैधानिक व्यवस्था भएपनि स्थानीय तहमा यसप्रति वेवास्ता गरिएकोले लेकवेशी नपाकाजनता अझैपनि अखाद्यबस्तु उपभोग गर्न बाध्य हुनपरेको उनीहरुको गुनासो थियो ।

नियमित अनुगमन र नियमन गर्ने अधिकार नपालाई रहेपनि लेकवेशी नपाका सबै स्थानमा म्याद गुज्रेका अखाद्य बस्तुहरू बिक्री वितरण भैरहेको र जनता स्वथकर खान उपभोग गर्नबाट बञ्चितहुनु परेको सरस्वति मावि कल्यानका विद्यालय व्यवस्थापन समिति अध्यक्ष देब बहादुर ओलीले बताउनुभयो । यस्तै कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष भिमसेन पुनले खाद्यसँग जोडिएका समस्याहरूलाई नीति बनाएर समाधान गरिनेमा जोड दिनुभयो ।

 

लेकवेशी नपा मानव अधिकार समूहका अध्यक्ष निरु थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक, अभिभावक, विद्यार्थी, सरोकारवाला निकायका प्रतिनिधि र नागरिक संस्थाका प्रतिनिधिहरूको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजिकरण इन्सेक सुर्खेतका सहजकर्ता विन्दुलाल रेग्मीले गर्नु भएको थियो ।

दुर्गा थापा