शिक्षा,स्वास्थ्य र खाद्य अधिकार सम्बन्धी टेलिभिजन संवाद कार्यक्रम , राप्तीसोनारी गाउँपालिका,बाँके

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश ५ नेपालगंज, राप्तीसोनारी गाउँपालिका, रेडियो सदभाव,माउण्टेन टेलिभिजन र मानवअधिकार निगरानीसमुहको संयुक्त आयोजनामा यहि २०७६ असोज १५ गतेका दिन शिक्षा,स्वास्थ्य र खाद्य अधिकार सम्वन्धी टेलिभिजन कार्यक्रम सम्पन्न भयो । टेलिभिजन संवाद कार्यक्रममा इन्सेक प्रदेश संयोजक भोला महतले स्वागत तथा उदेश्य माथि प्रस्ट पार्दै शिक्षा,स्वास्थ्य र खाद्य अधिकारका समस्यालाई समाधान गर्नको लागि सवै सरोकारवालाहरु प्रतिवद्धता हुनु पर्ने बताए । राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले वडा नं. १ र ४ मा एम्बुलेन्स खरिदकोलागि बजेट विनियोजन भई वडामा गईसकेको छ र अन्य वडामा पनि एम्बुलेन्स खरिद गर्ने निर्णय भएको बताउदै राप्ती सोनारीगाउँपालिकालाई शिक्षा,स्वास्थ्य र खाद्य अधिकारमा कुनै पनि समस्या नआयोस भनि हामी जनप्रतिनिधि लागि परेको बताए । कहि कतै कमिकमजोरी भएको भए छिट्टै सच्चाउने प्रतिवद्धता जनाएका थिए । त्यसैगरी उपाअध्यक्ष धनीकुमारी खत्रीले उपाअध्यक्षलाई जिम्मेवारी धेरै दिएको तर साधन स्रोत नभएको हुँदा चाहे जति काम गर्न नसकिएको बताइन् । कानूनी ज्ञानको कमिले गर्दा न्याय सम्पादन गर्न कठिन रहेको बताइन त्यसैगरी गाउँपालिकाका प्रशासकिय अधिकृत विरेन्द्र माझीले कर्मचारीहरुको कमिका कारण कार्यक्षेत्रमा अनुगमन गर्न नसकिएको बताउदै तर पनि यस वर्षको वजेटमा ८८ प्रतिशत बजेट अनुसारको कार्य सम्पन्न गरेको बताए । त्यसैगरी इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी हेमबहादुर शाहीले यस गाउँपालिकामा लागुऔषध, मानव वेचविखन तथा ओसारपसार , जघन्य फौजदारी अपराध , घरेलु हिंसाजस्ता घटना हुने भएको हुँदा सुरक्षाकर्मीबाट यसलाई कसरी कमि गर्न सकिन्छ भनि प्रयात्नशिल रहेको बताए । त्यसैगरी स्वास्थ्य शाखा प्रमुख विष्णुबहादुर चुडालीले राज्यले तोकेजतिको सवै सेवा नागरिकलाई प्रदान गर्न खोजिएको भए पनि कर्मचारीको अभावका कारण गाउँटोलमा स्वास्थ्य शिविर लैजान नसकिएको बताए । त्यसैगरी कृषि शाखा प्रमुख चन्द्राकुमारी शाहीले गाउँपालिकामा कृषकहरु आउने क्रम न्युन भएको बताउदै हामी पनि कृषकको घर आगनमा पुग्न नसकिएको बताउदै कृषकहरु नै गाउँपालिकामा आई सेवा लिनकोलागि अनुरोध गर्दै कर्मचारीको कमि भएको हुँदा किसानको घरमा पुग्न नसकिएको बताइन् । त्यसै गरी शिक्षा शाखाका प्रमुख ओमबहादुर थापाले यस गाउँपालिकले सवै भन्दा बढि बजेट शिक्षा क्षेत्रमा

छुट्टाएको हुँदा नियमित अनुगमन गरी कसरी गुणस्तर बनाउन सकिन्छ भन्ने बारे गाउँपालिका लागेको हुँदा अभिभावक पनि सचेत हुनु पर्ने बताए ।