शिक्षा, स्वास्थ्य, खाद्य र अधिकारको सवालमा प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

मकवानपुर । २०७७ पुस १७ गते

 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको आयोजनामा पुस १६ गते शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको सवालमा प्रदेशस्तरीय सरोकारवालाहरूबीच हेटौँडामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले सरकारले क्रमिक रूपमा शिक्षा, स्वास्थ्य, खाद्य र अवासको अधिकारको संरक्षणका क्षेत्रमा काम गर्दै आइरहेको बताउनु भयो । उहाँले सामादुयिक विद्यालयहरूमा सरकारले विद्यालय बसको व्यवस्था, केही स्थानीय तहमा खाजा कार्यक्रम सञ्चालन, विभिन्न स्थानमा दलित, अल्पसङ्ख्यक समूदायका परिवारलाई आवास पनि निर्माण गरी हस्तान्तरण गरिसकेको बताउनु भयो । कोभिड–१९ कै माहामारीका बीच हेटौँडा अस्पताललाई रिफर अस्पतालबाट स्तरोन्नति गरी २४ सै घण्टा गुणस्तरीय औषधो उपचार गर्न अवस्थामा पुर्‍याईको, त्रिसुली अस्पताल लगायत सबै स्थानीय तहका स्वास्थ्य केन्द्रमा पनि भौतिकमात्र नभई प्राविधिक सहित गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सक्षम भएको पनि सभामुखले स्मरण गर्नु भयो । सभामुख श्रेष्ठले इन्सेकले हालको अवस्थामा समसामयिक विषयलाई उठान गरी छलफल र समाधानका लागि साझा फोरम उपलब्ध गराएकोले आगामी दिनमा समेत यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने कुरामा जोड दिनुभएको छ ।

इन्सेक बागमती प्रदेश संयोजक कृष्ण गौतमले कार्यक्रमाको उद्देश्यमा प्रकाश पार्दै कोभिड–१९ को कारण स्वास्थ्य जोखिमको समयमा सबै सरकारी तथा गैर सरकारी निकायहरूले सहकार्य गर्दै शिक्षा, स्वास्थ्य, खाद्य र आवासका समस्याहरूलाई न्यूनिकरण गर्दै नेपालको संविधानले नै सुनिश्चित गरेको मौलिक हकको रक्षाका लागि अघि बढुनु पर्ने आवश्यकता रहेको बताउनु भयो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव नारनप्रसाद पोखरेलले सङ्घिय प्रतिनिधि सभाबाट शिक्षा लगायतका मौलिक हक कार्यान्वयनका कानुन निर्माणमा ढिलाई भइरहेकोले पनि मौलिक हकको उपयोग गर्नबाट नागरिक वञ्चित हुने जोखिम बढेको र कानुनी उपचारका कुरामा समेत ढिला भइरहेको कुरा बताउनु भयो । सामाजिक विकास मन्त्रालयका प्रवत्ता तथा स्वास्थ्य महाशाखा प्रमुख डा. पुरुषोत्तम सेडाईँले प्रदेशका सबै स्थानीय तहका दुई दुई ओटा सामुदायिक विद्यालयहरूमा एक विद्यालय एक नर्स कार्यक्रम सुरु भइसकेको र यसलाई अझ बिस्तार गर्दै लैजाने कार्यरम रहेको बताउनु भयो । उहाँले कोभिड–१९ को जोखिम पनि उच्च रहेको, भविष्यमा आउने खोपको मात्र भर नपारी स्वास्थ्य सुरक्षा सावधानी अपनाउनु पर्ने कुरामा जोड दिनु भयो । पशुपन्छि तथा मत्स्य विकास निर्देशनालयका डा. बब्लु ठाकुरले अबको तीन वर्षदेखि पाँच वर्षको अवधीमा प्रदेशलाई दुध, माछा, मासु र अण्डामा आत्मानिर्भर बनाउने लक्ष सहित काम भइरहेको बताउनु भयो । उहाँले उत्पादनमा आधारित अनुदान दिने, दुग्द्य उत्पादन गर्ने किसानलाई प्रति लिटर २ रुपैयाँ अनुदान उपलब्ध गराउँदै आइरहेको, किसानलाई व्यसायीक कृषित तर्फ आर्कषित गराउने किसिमको कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।

कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च मकवानपुरका अध्यक्ष बासु खतिवडाले खाद्य मात्र नभई शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि कालो बजारी र ठगि व्यापक रूपमा रहेको यस्ता ठगी तथा कालोबजारीलाई नियन्त्रण गर्ने ऐन तथा कानुन बलियो भए तापनि यसको कार्यान्यन पक्ष भने फितलो रहेको र अनुगमन गर्ने सरोकारवालाहरूको भूमिका समेत कमजोर भएको बताउनुभयो । महिला अधिकारकर्मी आरती पठकले अधिकारकर्मीहरूलाई आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा विभिन्न खालको दवाव र धम्कीहरू समेत आउने गरेको भए तापनि यस्ता धम्कीबाट पछि नहटि पीडित पक्षलाई न्याय दिलाउने र पीडकले दण्ड दिलाउने कुरामा लागिरहनु पर्ने बताउनु भयो । काभिडको समयमा समाजमा महिला हिसां तथा अन्य मानव अधिकार हनन्का घटनाहरूमा तुलानात्मक हिसावले वृद्धि भएको हुदाँ मानव अधिकार शिक्षाको प्रचार प्रसारमा सरोकारवालाहरूले आफ्नो भूमिकालाई अझ प्रभावकारी बनाउनु पर्ने कुरामा जोड दिनुभयो । नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश संयोजक प्रताप बिष्टले विशेष गरेर गरिब तथा सिमान्तकृत समुदायको खाद्य सुरक्षाको सुनिश्चीतता गर्न सरोकारवालाले ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले प्रदेशमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार रक्षाका लागि सञ्चार क्षेत्रले आफ्नो भूमिका अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्नु भयो । कार्यक्रमममा शिक्षाका लागि राष्ट्रिय अभियानका प्रमुख प्रकाश खतिवडा, पत्रकार महासङ्घ मकवानपुरका अक्ष्यक्ष हरि हुमागाई, अधिवक्ता तथा अधिकारकर्मी दिपेन्द्र ढकाल र मानव अधिकार एलाएन्सका तुलसी रिजाल लगायतले प्रदेश सरकारले गरेका कामबाट आम नागरिक अझै सुन्तष्टि हुने अवस्था नरहेको बताउनु भएको थियो ।

इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा