शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी गोष्ठी सम्पन्न
कालीकोट । २०७८ कात्तिक २९ गते
इन्सेक कालिकोट र मानव अधिकार समूह खाँडाचक्रको आयोजनामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धि अभियानका लागि गोष्ठी कात्तिक २७ गते सम्पन्न भएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तरगत खाँडाचक्र नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासका सवालमा छलफल भएको हो । कार्यक्रमा इन्सेक जिल्ला प्रतिनिधि एवम सहजकर्ता कालीबहादुर मल्लले कार्यक्रको उद्देश्य र सवालसम्वन्धि जानकारी गराएपछि विविध विषयमा छलफल गरिएको थियो ।
गोष्ठीमा मानव अधिकार समूहका सचिव कपुरे विकले खाँडाचक्र नपा –१ की गङ्गा वादीले ५० वर्षको उमेरसम्म पनि नागरिकता नपाएकोले मानव अकिार समूहले पहल गर्ने बताउनु भयो । साथै उहाँले नगरपालिका भित्रका सवै वडामा कात्तिक पहिलो हप्ताको आएको वर्षाले धान, कोदो, मकै नष्ट गरेकाले खाद्यान्न सङ्कट आएमा स्थानीय सरकारले समाधान गर्नु पर्नेमा जोड दिनु भयो । मानव अधिकार समूहका पदाधिकारी, नगरपलिकाका प्रतिनिधि, शिक्षक, कृषक, पत्रकार लगायतको सहभागिता रहेको गोष्ठीमा अविरल वर्षाले नष्ट गरेको अन्नबाली, पहिरोले भत्केका घरको पुनर्निर्माण, स्वास्थ्य, क्षेत्रका समस्या लगायतको समाधानका लागि मानव अधिकार समूहले अभियान सञ्चालन गर्ने विषयमा छलफल भएको थियो ।
कालीबहादुर मल्ल