शिक्षा, स्वास्थ्य, खाद्य र आवाससम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
सिरहा । २०७८ फागुन १२ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेशको आयोजना र सखुवानन्कारकट्टी गाउँपालिकाको सहकार्यमा स्थानीयस्तरमा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम फागुन ११ गते सम्पन्न भएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तर्गत आयोजित कार्यक्रमा इन्सेकका प्रदेश संयोजक राजु पासवानले मानव अधिकारको अवस्था अनुगमन गर्न मानव अधिकार आयोग, इन्सेक जस्ता संस्थाहरु सिमित स्रोत साधनका कारण सबै ठाउमा उपस्थित हुन नसके पनि स्थानीय तहमा मानव अधिकार निगरानी समूहले मानव अधिकारको अवस्था अनुगमन गरेको बताउनु भयो । शिक्षा, स्वास्थ्य, खाध र आवासको अधिकार संविधानकै मौलिक हकमा व्यवस्था भएको र त्यसको प्रत्याभूति गराउन स्थानीय सरकारले आफनो स्रोत साधनले अधिकारपुर्तिको लागि लागि रहनु पर्ने बताउनु भयो । भौतिक पुर्वधारको विकास मात्र नभएर मानव अधिकारको प्रत्याभूति हुने गरी नीति योजना र कार्यक्रम बनाएर स्थानीय तहलाई संयोजक पासवानले आग्रह गर्नु भएको थियो ।

सखुवानन्कारकट्टी गाउँपालिकाकी उपाध्यक्ष अमलादेवी यादवले इन्सेकले हामिलाई कुन क्षेत्रमा काम गर्ने निर्देशन दिएको बताउनु भयो । पालिकाहरुको स्रोत साधन र अधिकारको प्रयोग गरी मानव अधिकारको प्रत्याभूति गराउन सदैव लागि परेको र लागि पर्ने उपाध्यक्ष यादवले बताउनु भयो । यसैगरी गाउँपालिकाको शिक्षा शाखा प्रमुख भोगेन्द्र यादवले कोरोना महामारीले गर्दा शैक्षिक क्षेत्र अस्स्त व्यस्त भए पनि पालिका स्तरीय प्रधानाध्यपकहरूको मासिक बैठक बसी गुणस्तरीय शिक्षाका लागि नीति र योजनाहरू बनाएर काम गरीरहेको बताउनु भयो । स्वास्थ्य शाखा प्रमुख हरिनारायण चौधरीले स्वास्थ्य संस्थाहरूमा औषधि अभाव नभएको बताउनु भयो । बर्थिङ्ग सेन्टरमा जनशक्ति अभावले २४ घण्टे सेवा नदिन सके पनि चाँडै जनशक्ति व्यवस्थापन गर्ने र स्वास्थ्य संस्थाहरूमा निगरानी समूहको सहकार्यमा नागरिक वडापत्र चाँडै व्यवस्थापन गर्ने शाखा प्रमुख चौधरीले बताउनु भयो ।
दुर्गा परियार
HUMAN RIGHTS NEWS PORTAL






