शिक्षा, स्वास्थ्य, खाद्य र आवाससम्बन्धी अन्तर्क्रिया सम्पन्न

धनुषा । २०७७ कात्तिक २८ गते

 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ को आयोजनामा क्षिरेश्वरनाथ नगरपालिकामा कात्तिक २७ गते स्थानीय स्तरमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी सरकारी प्रावधानहरूको प्रभावकारी कार्यान्वयनको विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख रचना माथेमाले शिक्षा क्षेत्रमा १० करोड रुपियाँ निकासा गरेर शिक्षालाई पहिलो प्राथमिकतामा छनौट गरेको बताउनु भयो ।

उहाँले क्षिरेश्वरनाथ नगरपालिका शहरोन्मुख क्षेत्रको रुपमा विकास भइरहेकाले गर्दा सोही अनुरुप यहाँको विकासको लागि नगरपालिका अग्रसर रहेको बताउनु भयो । कार्यक्रममा क्षिरेश्वरनाथ नगरपालिकाका आन्तरिक लेखा परीक्षक यज्ञनिधि अधिकारीले शिक्षा, स्वास्थ्य, खाद्य र आवास हाम्रो नगरपालिकाको पहिलो प्राथमिकताको विषय हुनुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा इन्सेक प्रदेश २ का प्रमुख राजु पासवानले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको क्षेत्रमा क्षिरेश्वरनाथ नगरपालिकाले गर्दै आएको लगानी बढाउनुपर्नेमा जोड दिनु भयो । उहाँले शिक्षा, स्वास्थ्य, खाद्य र आवास बिना पालिकाको विकास सम्भव नदेखिएकाले गम्भिरताका साथ स्थानीय जनप्रतिनिधिहरूले योजना र कार्यान्वयन पक्षलाई बलियो बनाउँदै अगाडि बढ्नुपर्नेमा जोड दिनु भयो ।

दिपेन्द्रप्रसाद सिंह