शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी समस्या पहिचान कार्यक्रम सम्पन्न

रामेछाप । २०७७ कात्तिक १९ गते

 

जिल्लाको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी अधिकारको समस्याको पहिचान कार्यक्रम  इन्सेककको आयोजना तथा जिल्ला स्तरीय मानवअधिकार संरक्षण सञ्जाल र मानव अधिकार समुह मन्थिलीका सहकार्यमा ०७७ कात्तिक १९ गते सम्पन्न भएको छ । कार्यक्रममा कृषि अनुदान, कृषि तथा पशु विमा, कृषि क्षेत्रको बजेट कार्यान्वयन, पशु औषधि र उपचार र उन्नत जातको बिउको गुणस्तर कृषि क्षेत्रको समस्याको रूपमा पहिचान गरिएको छ । निशुल्क कोरोना परीक्षण र उपचार, स्वास्थ्य संस्थाको पूर्वाधार र स्वास्थ्कर्मीको व्यवस्थापन, स्वास्थ्य बिमाको प्रभाकारी कार्यान्वयन स्वास्थ्य क्षेत्रका समस्याको रूपमा पहिचान भएका छन् । साथै छलफलमा प्रविधिको प्रयोग, विद्यार्थी र स्वास्थ्य सुरक्षा, गुणस्तरीय शिक्षा लगायताका विषय शिक्षा क्षेत्रको समस्याको रूपमा पहिचान गरिएको छ ।

बैठकले कोभिड–१९ को जाँचको लागि गरिने पीसीआर परीक्षण र सङ्क्रमितको निःशुल्क उपचारको व्यवस्था मिलाउन पनि माग गरेको छ । त्यस्तै कोरोनाको स्वास्थ्य बिमा गर्नेको बिमा रकम प्राप्तिमा ढिलाई भएको प्रति सरोकारवालाको ध्यानाकर्षण समेत गराइएको छ । सङ्क्रमितले मागदावी गरेको लामो समयसम्म पनि बिमाको रकम पाएका छैनन् । यसैगरी होम आइसोलेनमा बस्नेले स्वास्थ्य सुरक्षा मापदण्डको पालना नगरेको गुनासो आइरहेकोले त्यसमा सरोकारवालाको ध्यान जानुपर्ने नागरिक समाजको माग छ । होम आइसोलेनमा बस्नेको स्वास्थ्य अवस्थाको नियमित जानकारी र उपचारको प्रवन्ध गर्न पनि नागरिक समाजको माग छ । यसैगरी विद्यालय तथा कलेज खुली पठन÷पाठन र परीक्षा समेत सञ्चालन भएको अवस्थामा स्वास्थ्य मापदण्डको पालना भए नभएको समेत नागरिक समाजको तर्फबाट निगरानी गरिने पनि बताइएको छ ।

नवराज घिमिरे