शिक्षा, स्वास्थ, खाद्य र आवास अधिकारका सवालमा अन्तरक्रिया

इलाम । २०७८ चैत ७ गते

इन्सेकद्धारा सञ्चालित “स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने” इएलपी परियोजना अन्तरगत सन्दकपुर गाँउपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम चैत ७ गते  सम्पन्न गरिएको छ । इन्सेक प्रदेश कार्यालय विराटनगरको सहयोग तथा इन्सेकद्धारा गठित मानव अधिकार समूह सन्दकपूरको आयोजनामा शिक्षा, स्वास्थ्य , खाद्य र आवासको अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा सन्दकपुर गाउँपालिका-३ का वडा सदस्य तारा लकान्द्रीले इन्सेकले परियोजनामार्फत विभिन्न सवाल उठाएर आफूहरूलाई कार्य सम्पादन गर्न सहज भएको बताउनु भयो । उहाँले मानव अधिकार समूहले शिक्षा,स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा गाउँपालिकाभित्रका समस्या पहिचान गरी त्यसको सम्बोधनका लागि गाँउपालिकालाई अनुरोध गर्दा कार्य सम्पादनमा सहज भएको बताउनु भयो । सदस्य तारा लकान्द्रीले शिक्षा स्वास्थ्य , खाद्य र आवासका अधिकारका सवालमा इन्सेकले उठाएका सवालहरूलाई सम्बोधन गर्ने बताउनु भयो । कार्यक्रममा शिक्षा अधिकारका सवालमा बोल्दै सरोकारवालाहरुले शिक्षामा अनुगमनको समस्या ,विद्यार्थीहरु बिद्यालयबाट टाढा हुनाले बालबिकासको कमिले विद्यार्थीहरुलाई टाढा जानु परेको अवस्था रहेको बताए ।

टोल टोलमा बालबिकास हुनुपर्ने ,आवासीय बिद्यालय हुनुपर्ने ,बिद्यालयमा सरसफाइ अभाव, खानेपानीको अभाव, फिल्टर सिस्टमको अभाव, सेनेटरि प्याडको ब्यवस्थापन गर्न कठिनाइ रहेको र प्रत्येक बिद्यालयहरुमा प्राथमिक उपचार सामाग्रीको अभाव  रहेको कुरा सरोकारवालाहरुले उठाएका छन । त्यस्तै स्वास्थको विषयमा स्वास्थका कर्मचारीहरुको स्थानान्तरणले गर्दा कर्मचारीहरुको अभाव रहेको स्वास्थ्य सम्बन्धि जनचेतनाको अभाव रहेको साथै स्वास्थ बीमामा उचित तरिकाले स्वास्थ्य केन्द्रले सेवा उपलब्ध नगराइरहेको  बिरामीहरु स्वास्थ केन्द्रमा चेकजाँच नगराइ बिरामी आफैले औषधि मागेर लाने अनि आफै डाक्टर हुने समस्या रहेको कुराहरु अन्तरक्रीया कार्यक्रममा सरोकारवालाले  उठाएका  थिए । खाद्य सम्बन्धि बजार ब्यब्स्थापनको अभाव कृषिमा महङ्गो बजारीकरण र किसान र बजार ब्यापार बिच पहुच नरहनु याहाको समस्या रहेको र पशु  हाट र तरकारी बजारको क्षेत्रमा ब्यबस्थापन गर्ने आवश्यकता रहेको भनेर कार्यक्रममा सरोकारवालाहरुले समग्र रूपमा उठाएका थिए । त्यस्तै आवासको विषयमा सुरक्षित आवास कार्यक्रमको आवश्यकता रहेको र घरजग्गा नापी सम्बन्धि र सुकुम्बासीहरुको समस्याहरु रहेको कुरा कार्यक्रममा सरोकारवालाहरुले उठाएका थिए भने कार्यक्रमको सन्चालन इन्सेक ईलाम जिल्ला सहजकर्ता नारद चापागाईंले गर्नुभएको थियो ।

बविता मैनाली