श्री राष्ट्रिय माविमा गठित बाल अधिकार समूहलाई परिचालन कोष हस्तान्तरण
चितवन । २०८० असोज १० गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न इच्छाकामना गाउँपालिका-१, हात्तिबाङस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयको बाल अधिकार समूहलाई ३ हजार ५ सय रुपियाँ ०८० असोज ९ गते हस्तान्तरण गरेको छ । इन्सेकले दिएको उक्त रकमबाट विद्यार्थीले विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने र विद्यार्थीहरूलाई जागरुक बनाउने विद्यालयका प्रधानाध्यापक लोकबहादुर मगरले बताउनु भयो । उहाँले प्राप्त सहयोगको रकम विद्यालयमा सही सदुपयोग र सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो ।
इन्सेकद्वारा विद्यालयमा गठन गरिएको बाल अधिकार समूहलाई विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न समूहलाई कोष रकम सहयोग गरेको इन्सके जिल्ला सहजकर्ता गायत्रि गिरीले बताउनु भयो । कोषबाट समूहले वार्षिक कार्ययोजना अनुसार अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने समूहका अध्यक्ष सबिना चेपाङले बताउनु भयो ।
दिपेन्द्र अधिकारी