








सप्तरी । २०८० कात्तिक १६ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा शम्भुनाथ नगरपालिका स्तरीय मानव अधिकार समूहले कात्तिक १३ गते स्थानीय तहमा समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न गरेको छ । बैठकले शम्भुनाथ नगरपालिकामा रहेको शिक्षा, स्वास्थ्य, वातावरण, विभेदिकरण जस्ता विषयमा देखा परेको समस्याहरूको पहिचान गरेको छ । जनता माध्यमिक विद्यालयमा माध्यमिक शिक्षकको कमी रहेको, जनता राष्ट्रिय प्राथामिक बिद्यालयको व्यवस्थापन समिति निष्कृय रहेको, विद्यालयमा शौचालयको दुरावस्था रहेको, स्वास्थ्य शाखाको बोलपत्र अनुसार औषधि उपलब्ध नभएको, बाटोघाटो सफा स्वच्छ नरहेको जस्ता समस्याले मानविय जीवन तथा वातावरणमा असर देखा परेको सहभागीहरुले जनाए ।
नगरपालिका भित्र बाल विवाह, दाइजो प्रथा, लैङ्गिक हिंसा, जातीय भेदभाव कायम रहेको र जनचेतना कमी रहेको समस्या पहिचान गर्दै उक्त विषयमा कार्ययोजना बनाउँदै कार्यक्रमहरु तय गरिएको छ । जस अनुसार शम्भुनाथ नगरपालिका कार्यालय, शम्भुनाथ नगरपालिका मातहतका विभिन्न शाखाहरू र सम्बन्धित निकायमा ज्ञापन पत्र बुझाउने, ध्यानाकर्षण गराउने कार्यक्रम समुहका अध्यक्ष पुल्कित भगतले जानकारी दिनु भयो ।
मनोहरकुमार पोखरे