समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न
कपिलवस्तु । २०८० भदौ २९ गते
इन्सेक र मानव अधिकार समूह कपिलवस्तुको आयोजनामा भदौ २८ गते समस्या पहिचान तथा कार्ययोजना बैठक कपिलवस्तु नगरपालिकाको – ३ को मालटोलमा सम्पन्न भएको छ । समूहले कपिलवस्तु नगरपालिकामा शिक्षा, स्वास्थ्य, वातावरण र लैंगिक विभेदसम्बन्धी समस्या पहिचान तथा कार्ययोजना तयार पारेको छ । मानव अधिकार समूहले शिक्षा क्षेत्रका विद्यालयमा भएका अनिमियता, अवधी भाषा, गुणस्तरिय शिक्षा , यौन शिक्षालाई पठ्यक्रममा समावेश गरिनुपर्ने, विद्यालयका शिक्षकहरूलाई मनोसामाजिक शिक्षा हुनुपर्ने , बिषयगत शिक्षक हुनुपर्ने, समसामयिक बिषयमा अतिरिक्त क्रियाकलाप हुनुपर्ने कार्ययोजना भएका छन् । यस्तै, वातावरण संरक्षणमा कुहिने र नकुहिने बस्तुको व्यवस्थापनका लागि नगरपालिकालाई समूहले ध्यानाकर्षण गर्ने , प्लाष्टिकको न्यूनिकरणको लागि स्थानीय उत्पादनमा पवद्र्धन, छाडाचौपाया व्यवस्थापनका लागि जिल्ला प्रसासन कार्यालयको ध्यानाकर्षण गराउने कार्ययोजना बनाएको छ । स्वास्थ्य क्षेत्रमा स्वास्थ्य बिमा सेवा प्रभावकारी नभएको, सेवा प्रवाह छिटो र छरिटो नहुनु, स्वास्थ्यमा किशोरकिशोरी मैत्री सेवा हुनु पर्ने , प्रत्येक वडामा मनोविमर्शकर्ताको व्यवस्थापन हुनुपर्ने लगायतका समस्या पहिचान भएका छन् । वातावरणको अधिकारमा खुलादिशा मुक्त कार्यान्वयनको अनुगमन प्लाष्टिक व्यवस्थापन हुनुपर्ने , नगरपालिकाले फोहोर व्यवस्थापन गर्न छुट्टै निती बनाउनु पर्ने , नागरिकको अधिकार र कतव्र्यबोध गराउनु पर्ने कार्ययोजनाहरू बनाइएका छन् ।
यस्तै शौचालय, खानेपानी र बिद्यालयमा बिद्यार्थीहरु निरन्तर नहुनु र पालिकाको बिद्यालयहरुमा शुद्ध पिउने पानीको समस्याहरुको कार्ययोजना निर्माण गरेका छन् । स्वास्थ्य क्षेत्रमा सरकारले दिने निःशुल्क औषधी प्रर्याप्त मात्रामा उपलब्ध नहुनु, स्वास्थ्य सम्बन्धी सचेतनामा कमि , सरकारले दिने स्वास्थ्य सेवा बारे नागरिकलाई जानकारी नहुनु र नगरपालिका खुला दिशा मुक्त भए पनि शहरी क्षेत्रमा शौचालय नभएका कारण वातावरण दुर्गन्धित भएको, फोहोर व्यवस्थापन हुन नसक्नु, स्थानीय तहले वातावरण सम्बन्धी कानुन बनाउन नसकेको जस्ता समस्या पहिचान गरेका थिए । यस्तै समस्या समाधानका लागि वातावरण सम्बन्धी कानुन बनाउन डेलिगेसन जाने, शौचालय नभएका घरधुरी सर्बेक्षण गर्न ध्यानाकर्षण पत्र बुझाउने , विद्यालय, स्वास्थ्य चौकीमा अनुगमन गर्ने, हिंसामा परेका महिला बालबालिकालाई सहयोग गर्ने र नगपालिकासँग समन्वय सहकार्य गर्ने गरी कार्ययोजना बनाएको समूहका अध्यक्ष रेग्मीले बताउनु भयो ।
पार्वती आचार्य