सरोकारवालाको ध्यानाकर्षण गराउँदै सडक नाटक प्रदर्शन

सप्तरी । २०८० पुस २६ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा हिरा फेकनी माध्यमिक विद्यालय, बनौलामा गठित बाल अधिकार सचेतना समूहका बालबालिकाहरूले डाक्नेश्वरी नगरपलिका–१० पुबरिया टोलस्थित स्वास्थ्य चौकी अगाडि ०८० पुस २४ गते सडक नाटक प्रदर्शन गरेका छन् । बाल अधिकार सचेतना समूहले शिक्षा र बाल अधिकार क्षेत्रमा देखिएका असमानता तथा विभेद, बालविवाह, दाइजो प्रथा, महिला हिंसा तथा महिलाविरुद्ध हुने सबै किसिमका भेदभाव विरुद्ध जनचेतनामूलक सडक नाटक प्रदर्शन गरेको हो ।नाटकको माध्यमबाट बालबालिकाहरूले असमान व्यवहार तथा विभेदबाट मानव जीवनमा पर्ने असरबारे सरोकारवाला निकायको ध्यानाकर्षण गराए । उक्त कार्यक्रममा मानव अधिकार समुहका अध्यक्ष रामचन्द्र मण्डल, कोषाध्यक्ष मुसा अन्सारी, सि.अनमी रेणु कुमारी चौधरी, संरक्षक शिक्षक मनोज कुमार चौधरी, शिक्षक आनन्द राउत, समुदायका अगुवा, नागरिक समाजको उपस्थिती रहेको इन्सेकको सप्तरी जिल्ला सहजकर्ता अजय परियारले बताउनु भयो ।

कार्यक्रममा सहभागी श्यामकुमार राउतले शिक्षामा सबैको पहुँचले मात्र सक्षम नागरिक निर्माण हुने बताउनु भयो । छोरा र छोरीमा हुने विभेद तथा महिलामाथि हुने सबै खाले हिंसा विरुद्ध सचेतनाका माध्यमबाट मात्र जानकार हुने राउतले बताउनु भयो । छोरीहरू प्रतिहुने भेदभाव र लैंङ्गिक हिंसाबारे नाटक प्रदर्शनले भावुकबन्नु भएकी सजदा खातुनले समाजमा भइरहेको बास्तबिक ऐना देखाएर नागरिक समाजको ध्यान आकृष्ट गरेको बताउनु भयो । सडक नाटकको माध्यमबाट बालबालिकाहरूको आन्तरिक क्षमता बढ्ने विश्वास व्यक्त गर्नुहुँदै संरक्षक शिक्षक मनोज कुमार चौधरीले बालबालिकाहरूले आफ्नो अधिकारबारे बुझेपछि समाजलाई पनि बुझाउन सक्ने धारणा राख्नु भयो । सचेतनामूलक कार्यक्रमले मानव अधिकार र बाल अधिकारबारे जानकारी बढने तथा महिला हिंसाविरूद्ध समाजको बौद्धिक बिकास हुने मानव अधिकार समुहका अध्यक्ष रामचन्द्र मण्डलले बताउनु भयो । सडक नाटक प्रदर्शनमा बाल अधिकार सचेतना समूहका अध्यक्ष अरूण कुमार साह, रूपेश साह, देवकान्त प्रसाद साह, पारसमणि माझी, रोशन राउत, मनिषा रजक, पवनकुमार साह, श्यामकुमार साह, रिया चौधरी, सपना माझी, सृष्टि साह, पुजा मुखिया, दिपमाला पैकरा, मुख्तार लगायतले सहभागिता जनाएका थिए ।

मनोहरकुमार पोखरेल