सामाजिक सेवा भावले काम गर्ने सामाजिक सङ्संस्थाहरूको योगदान महत्वपूर्ण: उपाध्यक्ष
रसुवा । २०७७ असोज १० गते
“सामाजिक क्षेत्र राष्ट्रिय गौरव” भन्ने नाराका असोज ९ गते आयोजित एक कार्यक्रममा उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली गुरुङले सामाजिक सेवा भावले काम गर्ने सामाजिक सङ्घसंस्थाहरूको महत्वपूर्ण योगदान रहेको बताउनु भएको छ ।
गैरसरकारी संस्था महासङ्घ रसुवा, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र सामुदायिक विकास केन्द्रको संयुक्त आयोजनामा ०७७ असोज ९ गते आयोजित ४१ औँ सामाजिक सेवा दिवस कार्यक्रम उपाध्यक्ष गुरुङले सो कुरा बताउनु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि गुरुङले धेरै सामाजिक सङ्घसंस्थाहरूले महिला तथा पछि परेका समुदायको क्षमता विकास तथा अधिकार प्राप्तिका लगायतका क्षेत्रमा योगदान गरेको बताउनु भयो ।
यसैगरी, गैरसरकारी संस्था महासङ्घ रसुवाका अध्यक्ष विनोद लामिछानेले समाज सेवाको क्षेत्रमा कार्यरत विभिन्न गैर सरकारी संस्थाहरूको अनुगमन, मुल्याङ्कन अनि सुपरिवेक्षण गर्दै आएको सरकारी संयन्त्र समाज कल्याण परिषदले यस वर्ष विभिन्न सरकारी, गैरसरकारी संस्थाहरूको उपस्थितिमा असोज ६ गते समाज सेवा दिवस मनाउने गरेको र यस वर्ष साताव्यापी रूपमा मनाइएको बताउनुभयो ।
लामिछानेले सामाजिक सेवा दिवसको सबैलाई शुभकामना दिँदै सामजिक संस्थाहरूले क्षमता विकास, मानव अधिकारको रक्षा तथा सामाजिक न्याय र सेवाको काम गरेको बताउनुभयो । सामाजिक सेवा दिवस २०३४ साल असोज ६ गते समाज कल्याण परिषद स्थापना भएको दिवस पारेर मनाउन थालिएको हो ।
इन्सेकका प्रतिनिधि हेमनाथ खतिवडाले समाज सेवामा नागरिकहरूको आकर्षण अनि नयाँ पुस्तालाई समाज सेवाप्रति अभिप्रेरित गर्नका लागि समाज कल्याण परिषदले ‘समाजिक सेवा दिवस’ मनाउन सुरु गरेको बताउनुभयो । सबै सामाजिक संस्थालाई उही नजरले हेर्न नहुने र सचेत नागरिकले सामाजिक संस्थालाई गुण र दोषका आधारमा थलोमै तोकेर आलोचना र प्रशंसा गर्नुपर्ने उहाँले बताउनुभयो ।
खतिवडाले इन्सेकले सामाजिक न्याय तथा मानव अधिकारको संरक्षण, सम्बर्धन र प्रवर्धनका लागि जनतालाई सुसूचित गर्ने र आफ्नो अधिकारको दावीका लागि मानव अधिकार उल्लङ्घन र ज्यादतिका घटना अभिलेख गर्दै आएको बताउनु भयो ।
सामुदायिक विकास केन्द्रका कार्यक्रम अधिकृत राजु आचार्यले गैरसरकारी संस्था र यसमा आवद्ध समाज सेवीहरूको मनोवल बढाउन र यस क्षेत्रमा लाग्न अभिप्रेरित गर्न कार्यक्रमको आयोजना गरेको बताउनु भयो । उहाँले जिल्लामा कार्यरत गैरसरकारी संस्थाहरूले सामाजिक क्षेत्रमा भए गरेका क्रियाकलापहरूलाई आम जनमानसमा पारदर्शितवरले गरिरहेको बताउनुभयो ।
कार्यक्रममा सुआहारा कार्यक्रमकी सुन्तोषी पौडेल, स्वयकस रसुवाका गायत्री रिमाललगायतले आफ्नो धारणा राख्नुभएको थियो ।
हेमनाथ खतिवडा
HUMAN RIGHTS NEWS PORTAL







