सार्वजनिक सरोकारका विषयमा मानव अधिकार समूहद्वारा नगर प्रमुख तथा उपप्रमुखलाई ज्ञापन
मकवानपुर । २०७९ जेठ १८ गते
हेटौँडा उपमहानगरपालिकास्तरिय मानव अधिकार समूहले जेठ १७ गते उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख मिना लामा तथा उपप्रमुख राजेश बानियाँलाई बधाई ज्ञापन तथा कार्याकालको शुभकामना सहित सार्वजनिक सरोकारका विषयमा ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र हस्तान्तरण गरेको छ । अनौपचारिक क्षेत्र इन्सेकको सहयोगमा “स्थानीय समूदायको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका लागि जिम्मेवार निकायलाई उत्तरदायि बनाउनको लागि पहल कार्यक्रम” अन्तर्गत गठन भएको मानव अधिकार समूहले नगरपालिका भित्रका सडकपेटी, सवारी जाम र जनस्वास्थ्यको विषयमा ज्ञापन पत्र बुझाएको समूहकी संयोजक चन्द्रावति पनेरूले बताउनु भयो । मानव अधिकार समुहको नियमित बैठक र हेटौँडा उपमहानगर पालिकामा आयोजित अन्तरक्रिया कार्यक्रममाहरूमा सरोकारवालाहरूबाट प्राप्त सुझावलाई समेटेर महिला, जनजाती, अल्पसङ्ख्य, अपाङ्गता भएका व्यक्तिहरूको आधारभूत अधिकारको सुनिश्चीतताको उपमहानगरपालिका प्रमूख समक्ष गम्भीर ध्यानाकर्षण गराउँदै यो ज्ञापन पत्र पेश गरेको उल्लेख गरिएको छ ।
ज्ञापन पत्रमा नगरपालिका रोडको मानसचोकदेखि मनकामना चोकसम्मको सडकको दायाँबायाँ सर्वसाधरणको लागि सडक पेटी (फूटपाथ) को व्यवस्थापन गर्नु पर्ने उपमाहानगरपालिकाले मात्र हैन जिम्मेवार सरकारी कार्यालदेखि व्यपार व्यवसाय गर्नुेले पनि सडक अतिक्रिमण गरेको पाइएको हुँदा उक्त अतिक्रमण क्षेत्र खालि गरी तत्काल सडकपेटी निर्माण गर्नु पुर्ने माग गरिएको छ । यसैगरी हेटौँडा बजारभत्रिका मुख्य मुख्य सडकहरू चौकीटोलबाट बाइपपास, मानसचोबाट सितलमहल चोक, कान्ति लोकपथको बद्धचोकदेखि दक्षिणकाली मन्दिरचोक लगायतका भित्रि सडकमा पनि सडकपेटी अवरुद्ध गरी व्यपार व्यवसाय गर्ने गरेको पाइएको ति सडकपेटी खालि गरी पैदलयात्रीलाई हिँडडुल गर्न सहज बनाउनु पनि उल्लेख गरीएको छ ।
जनस्वास्थ्यको समेत वास्ता नगरिकन चौकीटोलदेखि बाइपास रोडसम्मका सडकपेटीमा बाटो अवरुद्ध गरी सेकुवा सेक्ने कार्य गर्दा हुने प्रदुषणबाट पैदल यात्री सडक भएर हिँड्नु पर्ने, नाक मुख थुन्नु पर्ने, साहाकारी पैदलयात्रीको लागि त अझै कष्टकर हुने गरेको भन्दै यसलाई व्यवस्थित गर्न समेत माग गरिएको छ । साथै मानस चोक, बुद्ध चोक लगायतका मुख्य सडकमा केही महिनादेखि देखिएको दोहोरो सवारी साधन पार्किङ्ले ट्रफिक जाम समेत बढेको हुँदा ट्राफिक व्यवस्थापनको कार्यलाई नगरपालिकाले पहिलो प्राथमिकता राखि सडकमा दोहोरो पार्किङलाई नियन्त्रण गर्नु पर्ने भन्दै नगरपालिकाको ध्यानाकर्षण गराइएको छ । ज्ञापन पत्रको बोधार्थ जिल्ला प्रशान कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई समेत दिइएको समूहकी सहजकर्ता सलीना गौतमले बताउनु भयो ।
इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा