सार्वजनिक सरोकारका विषयमा सार्वजनिक सुनुवई सम्पन्न

मकवानपुर । २०७९ भदौ ११ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक र डब्लुपीडी नेपालले मनहरी गाउँपालिका र हेटौँडा उपमहानगरपालिकामा सार्वजनिक सरोकारका विषयमा सार्वजनिक सुनुवाई गरेको छ । इन्सेक र डब्लुपीडिको संयुक्त आयोजनामा ०७९ भदौ १० गते मनहरी गाउँपालिका–१ मकरीमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरूले स्थानीय तहसँग सरोकार राख्ने विषयहरूमा प्रश्न सहित राज्यले दिएको अधिकार सुनिश्चितताको लागि माग गरेका छन् । कार्यक्रममा सहभागीहरूले कृषिमा राज्यले दिएको अनुदानको समान वितरण नभएको, वडामा रहेको विद्यालयको शैक्षिक गुणस्तर, खानेपानीको सहज उपलब्धता, अपाङ्गताको परिचयपत्र प्राप्तीमा कठिन, महिला हिंसाका घटना न्युनिकरणका साथै हिंसा पीडितलाई सुरक्षा सहित न्यायमा पहुँच तथा बालमैत्रि पालिका घोषणालाई पूर्ण कार्यान्वयन गराउन बालविबाह तथा बालश्रम अन्त्यमा पालिकाले ध्यान दिनुपर्ने लगाएतका कुराहरू राखेका छन् । कार्यक्रममा सोमलक्ष्मी प्रजाले मकरीको घैडाडाँमा खानेपानीको समस्या रहेको बताउँदै खानेपानीको उचित व्यवस्थापनको लागि माग गर्नुभयो । उहाँल भन्नुभयोः “घैडाँडामा पानीको समस्या छ । ट्याङ्की चुहिएको छ, दैनिक दुई घण्टामात्रै पानी आउँछ । २०–२५ घरले कसरी पु¥याउँन सक्छौं । हामीलाई खानेपानीको व्यवस्था गर्नुप¥यो ।”

          

यस्तै उहाँले हिंसामा परेकी महिलाहरूलाई न्याय, सुरक्षा र राहतको व्यवस्थापन पालिकाबाट गर्न समेत माग गर्नुभयो । यसैगरी सानुमाया दोङले आर्थिक अवस्थाकै कारण विपन्न बालबालिकाहरू बिद्यालय नजाने समस्या रहेको भन्दै वडाबाट फ्रीज भएर जाने बजेटलाई बालबालिका भर्नामा खर्च गर्न कार्यपालिका सदस्य तथा वडा अध्यक्षलाई सुझाव दिनुभयो । यस्तै बिद्यालय परिसर वरीपरी रक्सी चुरोट गुट्खा जस्ता पदार्थ विक्रिवितरण रोक्न वडा अध्यक्ष र विद्यालय प्रधानाध्यापकलाई आग्रह गर्नुभयो । स्थानीय देवराज न्यौपानेले कृषि क्षेत्रमा अन्य वडाहरूको तुलनामा वडा नम्बर १ मा अनुदान नआएको गर्नुभयो । कृषिका लागि मनहरी गाउँपालिकाले राखेका प्राविधिकहरू सदरमुकाम केन्द्रित भएको भन्दै वडा÷वडामा कृषकको बालीसम्म पठाउने व्यवस्था गर्न माग गर्नुभयो । वडा स्तरीय बाल सञ्जालकी रोशनी दर्जीले पालिकाले बालमैत्रि सहजकर्तालाई निरन्तरता नदिँदा वडा तथा पालिकामा बालबिबाह, बालश्रम तथा विद्यालय ड्रपआउटको समस्या बृद्धि हुँदै गएको बताउनुभयो । यसैगरी सृजना मोक्तानले चेपाङ दम्पतीको नाागरिकता नहुँदा पतिको मृत्युपछि चेपाङ पत्निले राज्यको सेवा लिन नपाएको भन्दै नागरिकता बनाइदिन उनले आग्रह गरिन् । तै पालिकाबाट प्रदान हुने सुत्केरी पोषण प्याकेज पछिल्लो समय पाउन छाडेको तथा वडा स्वास्थ चौकीमा एक जना मात्रै अनमि रहेकाले स्वास्थ सेवा बृद्धि हुन नसकेको बताइन् । यसैगरी आफूलाई अपाङ्ग बताउने विष्णुमाया स्याङ्तानले आफुले अपाङ्गताको परिचयपत्र बनाउन निकै मुस्किल भएको बताउनुभयो । 

       

यस्कार्यक्रममा उठेका प्रश्न तथा जिज्ञासाको सम्बोधन गर्दै मनहरी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष शिवप्रसाद खनालले कार्यक्रममा उठेका महत्वपूर्ण प्रश्नहरूका लागि धन्यवाद दिनुभयो । उहाँले वडाले प्रदान गरिरहेको सेवाहरूका बारेमा र सेवालिन जनताले केकस्ता समस्या भोग्नुप¥यो र वडाले कुनकुन क्षेत्रमा सेवा थप गर्नुपर्ने रहेछ भन्ने कुरा प्रश्नहरूबाट आफूले बुझ्ने मौका मिलेको भन्दै आयोजकप्रति आभार प्रकट गर्नुभयो । कार्यक्रममा वडाबासीले उठान गरेका विषयहरूको छिटै सम्बोधन गर्ने बताउँदै वडा तहबाट हुन नसक्ने किसिमका विषयहरू कार्यपालिका बैठकबाट समाधान गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । बालजीवन ज्योती माविका प्रध्यानाध्यापक एकराज गौतमले विद्यालयका विषयमा उठेका प्रश्नहरूको जवाफ दिँदै विद्यालयको शैक्षिक गुणस्तर बृद्धिमा सधैं ध्यान दिएको बताउनुभयो । विद्यालयले नियमित खाजाको व्यवस्था गरेको, अङ्ग्रेजी विषय थप गरेको, तथा कम्प्युटर ल्याबको व्यवस्था गरेको बताउनुभयोृ । यद्यपी वडाको विद्युतका कारण कम्प्ययुटर ल्याब पुर्ण सञ्चालनमा आउन नसकेको बताउनुभयो । मनहरी गाउँपालिकाका अन्य विद्यालयका तुलनामा बालजीवन अग्रणी भागमा आउने भन्दै विद्यालयकोे स्तरबृद्धिका लागि सबैको साथ सहयोग आवश्यक रहृको बताउनुभयो । कार्यक्रममा इन्सेकका परियोजना संयोजक कृष्णप्रसाद नेपालले जनताले संविधान प्रदत अधिकार प्राप्तीका  लागि सरोकारवाला निकायलाई जवाफदेही बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । सार्बजनिक सुनुवाई कार्यक्रममा स्थानीय सञ्चारकर्मी शिवकुमार काशीले सहजीकरण गर्नुभएको थियो ।

पुष्पराज अधिकारी