सार्वजनिक सुनवाई सम्पन्न
कालीकोट । २०७७ माघ २७ गते
शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारका विषयमा माघ २६ गते खाँडाचक्र नगरपालिकामा सार्वजनिक सुनवाई सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सञ्चालित स्थानीय समूदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तरगत जिल्ला सदरमुकाम समेत रहेको खाँडाचक्र नपाको मान्ममा सर्वजनिक सुनुवाई सम्पन्न भएको हो । कार्यक्रममा नगरपालिकाको पञ्चदेव मावि, कालिका मावि, पिलि लगाएतका विद्यालयमा चरम खानेपानीको समस्या रहेकोले समाधानका लागि आफूले पहल गर्ने खानेपानी सिंचाइ विकास कार्यालयका प्रमुख पूर्णप्रसाद उपाध्यायले प्रतिबद्धता जनाउनु भयो ।
खाँडाचक्र नगरपालिका –७ का अध्यक्ष तथा खाँडाचक्र नपाको शिक्षा तथा समाजिक समितिका संयोजक रजबहादुर मल्लले शिक्षा क्षेत्रमा देखिएका समस्यालाई नीति निमार्णका माध्यमबाट समाधन गर्ने प्रतिबद्धता जनाउनु भयो । कोभिड खोपका विषयमा उठेका जिज्ञासाको जवाफ दिदै नपा स्वास्थ्य शाखाका प्रमुख रविद्र सेजुवालले खोपको सामान्य असर परेपनि हालसम्म कसैलाई जटिल समस्या नआएकाले त्रसित हुन नपर्ने जानकारी गराउनु भयो ।
नेपाल खाद्य संस्थानका प्रमुख सागर वलीले जिल्लावाट गुणस्तरहिन खाद्यान्न वितरण नभएको जानकारी गराउनु भयो । कार्यक्रममा सहभागि स्थानीयहरूले विद्यालयमा खानेपानीको समस्या, बालपोषण रकम समयमा वितरण नहुने, जनता आवास कार्यक्रमा भइरहेको ढिलासुस्ती, खरमुक्त छाना बनाउने सरकारको घोषणा र कार्यान्वयनका सवालहरू उठान गरेका थिए ।
कालीबहादुर मल्ल