सिताराम माविमा बाल अधिकार समूह गठन

कास्की । २०७९ असोज ४ गते

इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखरा आयोजनामा असोज २ गते मादी गाउँपलिकास्थित सिताराम माविमा बाल अधिकार समूह गठन गरिएको छ । इन्सेकले मादी गाउँपालिकामा सञ्चालन गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत सिताराम माविमा सुनिश्चित गुरुङको अध्यक्षतामा १५ सदस्य रहेको बाल अधिकार समूह गठन सम्पन्न भएको सहजकर्ता सुष्मा आचार्यले जानकारी दिनु भयो । समूहको उपाध्यक्षमा रेश्मा बिक, सचिव सुनिता परियार, कोषाध्यक्ष सञ्चिता परियार, सदस्यमा वेलमाया बिक, निश्चल गुरुङ, सुशीला परियार, हितमान सुनार, एरिका रानाभाट, प्राप्ति गुरुङ, दिपिका गुरुङ, एलिस सुनार रहनुभएको छ । शिक्षक अभिभावक सङ्घका अध्यक्ष बेलबहादुर गुरुङले बालबालिकाहरूले अधिकारलाई स्थापित गराउन भुमिका खेल्नुका साथै कर्तव्यबारे पनि सचेत बन्नुपर्ने बताउनु भयो ।

     

विद्यालय भित्र मात्रै नभई घर र समाजमा पनि बाल अधिकारका विषयमा सचेतना फैलाउन आवश्यक रहेको बताउँदै उहाँले अधिकार र कर्तव्य दुवैलाई ध्यान दिनुपर्ने बताउनु भयो । विद्यालयभित्र र बाहिरपनि बाल अधिकार सुनिश्चित गराउन सबैले भुमिका खेल्नुपर्ने उहाँको भनाई छ । प्रधानध्यापक रुद्रनाथ सापकोटाले नवगठित समूहलाई बधाई ज्ञापन गर्दै बाल अधिकारका सवालमा प्रभावकारी भुमिका खेल्न आग्रह गर्नु भयो । समूहका संरक्षक शिक्षक यानी परियारले बाल अधिकार समूह मात्रै नभई सबै बालबालिकाहरूलाई सक्रिय बनाई बाल अधिकारलाई सुनिश्चित गराउन भुमिका खेल्ने बताउनु भयो । उहाँले बाल अधिकार उल्लङ्घनका घटना हुन नदिनका लागि समूहले सक्रिय भुमिका निभाउने भनाई राख्नु भयो ।

सुशन घिमिरे