स्थानीय तहकाे समिक्षा तथा आगमी कार्ययोजना र मुख्य समस्या सम्बन्धमा बैठक सम्पन

धनुषा । २०८० फागुन १४ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयद्वारा गठित मानव अधिकार समूहले  ०८० फागुन १२ गते मिथिला नगरपालिकामा स्थानीय तहकाे समीक्षा तथा आगfमि कार्ययोजना र मुख्य समस्या सम्बन्धमा बैठक सम्पन्न गरेकाे छ । उक्त बैठकमा मानव अधिकार समूहले मिथिला नगरपालिका भित्र शिक्षा, स्वास्थ्य र वातावरणसँग जाेडिएका समस्याहरूकाे न्यूनिकरण तथा समाधान बारे विगतमा भएको कार्ययोजनाहरूलाई विधिगत रूपमा कार्यान्वयन गर्ने निर्णय मानव अधिकार समूहले गर्‍यो । मिथिला नगरपालिकामा मानव अधिकार समूह गठन नगरपालिकाकाे प्रत्यक्ष संङ्गल्तामा भएको थियाे । तर, यस समूहलाई सञ्चालन गर्नकाे निम्ति आर्थिक स्रोतकाे अभाव रहेकाे र मिथिला नगरपालिकामा अवस्थित नदिनाला तथा खाेलाहरू जस्तै जलाद, औरही, रातु, बसही र बडहरी खाेलाहरूकाे अनाधिकृत रूपमा भइरहेकाे उत्खनन जस्ता समस्याहरू पहिचान गरिएको छ।

   

त्यस्तै, शिक्षा क्षेत्र अन्तर्गत मिथिला नगरपालिका-११ चुरे स्थित माध्यभिक विद्यालय तुलसि चौडा र देउराली माध्यभिक विद्यालय, माध्यभिक विद्यालय हरिहरपुर, वडा नं ३ र आर्दश माध्यभिक विद्यालय, लालगढ वडा नं १० मा विषय गत शिक्षक दरबन्दीकाे अभाव रहेकोले ती समस्याहरूलाई प्रदेश स्तरीय मानव अधिकार समूहको सहयोगमा मधेस प्रदेश शिक्षा मन्त्रालयमा ध्यानाकर्षण गराउनुका साथै नदीजन्य पदार्थकाे अनाधिकृत उत्खनन राेक्थामकाे लागि समेत सम्बन्धि मन्त्रालयमा ध्यानाकर्षण गराउने सर्वसहमतिमा निर्णय गरियो । उक्त कार्यक्रममा मिथिला नगरपालिका मानव अधिकार समूहका अध्यक्ष माेहन कुमार महताेले वातावरण संरक्षणका निम्ति सबै सराेकारवाला निकायहरू हातेमालाे गरी एक साथ अगाडि बढ्नु पर्ने बताउनु भयाे । साथै स्थानीय तहकाे समिक्षा तथा आगमी कार्ययोजना र स्थानीय तहमा देखा परेका मुख्य समस्याहरूकाे पहिचान गरी ती समस्या समाधानका लागि कार्यक्रमको आयोजना गरिएको अध्यक्ष महताेले बताउनु भयो ।

सन्तोष कुमार यादब