स्थानीय तहमा मानव अधिकार समस्या पहिचान तथा समुह कार्य योजना निर्माण बैठक सम्पन्न
कैलाली । २०७९ असोज ३१ गते
घोडाघोडी नगरपालिकास्तरीय मानव अधिकार समुहले नगरपालिकामा रहेका मानव अधिकारका समस्या पहिचान तथा समुहको कार्ययोजना निर्माण बैठक असोज २९ गते घोडाघोडी नगरपालिकामा सम्पन्न गरेको छ । बैठकमा शिक्षा, स्वास्थ्य, वातावरण, लैङ्गििक विभेद तथा जातीय छुवाछुत जस्ता समस्या घोडाघोडी नगरपालिकामा रहेकाले यस्ता समस्यालाई उजागर गर्नका लागि मानव अधिकार समुहले कार्ययोजना बनाई काम गर्ने मानव अधिकार समुहकी अध्यक्ष सावित्रा आर्चायले बताउनु भयो । उहाँले भन्नु भयो– ‘विद्यालयमा दरवन्दी अनुसार शिक्षक नहुनु, विद्यार्थी अनुपातमा भौतिक संरचनाको अभााव, नगरपालिकामा रहेको स्वास्थ्य संस्थामा औषधी अभाव हुँदा बिरामीलाई उपचारका लागि सदरमुकामको अस्पताल पुग्नु पर्ने बाध्यता र बिभिन्न हिंसामा परेका पीडितहरुको न्यायीक निकायसम्मको पहुँच छैन् । यी सवालमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी नगरपालिकालाई ध्यानाकर्षण गर्ने कार्ययोजना निर्माण गरेको छौँ ।’ मानव अधिकार समुहकी सदस्य आशा नेपालीले समुदायमा अप्रत्क्ष रुपमा जातीय छुवाछुतका घटना हुने गरेको भएपनि कानुनी प्रकृयामा जान नसकेका कारण दलित समुदाय न्याय पाउन नसकेको बताउनु भयो ।
यसैगरी कैलारी गाउँपालिकास्तरीय मानव अधिकार समुहले गाउँपलिकामा रहेको समस्या पहिचान तथा सरोकारवालाहरुको पहिचान गरी कार्ययोजना निर्माण बैठक असोज २८ गते कैलारी गाउँपालिका सम्पन्न गरेको छ । बैठकमा शिक्षा, स्वास्थ्य, वातावरण, लैङ्गिक विभेद, बाल विवाह तथा प्राकृतिक प्रकोप, आगलागि, डुवान लगायतका समस्या कैलारी गाउँपालिकामा रहेकाले यस्ता समस्यालाई उजागर गर्नका लागि मानव अधिकार समुहले कार्ययोजना बनाई काम गर्ने मानव अधिकार समुहका अध्यक्ष मानबहादुर चौधरी बताउनु भयो । उहाँले भन्नु भयो– ‘हरेक वर्ष डुवानले समस्या निम्त्याइरहेको छ । दिगो समाधानका लागि सरोकारवाला निकासँग पहल गर्नु गर्ने योजना बनाएका छौँ । विद्यालयमा दरवन्दी अनुसार शिक्षक नहुँनु, विद्यार्थी अनुपातमा भौतिक संरचनाको अभाव, नगरपालिकामा रहेको स्वास्थ्य संस्थामा औषधी अभाव, बिरामीलाई उपचारका लागि जिल्ला सदरमुकाम पुग्नु पर्ने बाध्यता र बिभिन्न हिंसामा परेका पीडितहरुको न्यायमा पहुँच छैन् । बाल विवाहलाईृ न्युनिकरण गर्न जनचेतना मुलक कार्यक्रम हुन सकेको छैन् । समस्या समाधान गर्न गाउँपालिकाको ध्यानाकर्षण गर्ने कार्ययोजना पनि निर्माण गरेको छौँ ।’ मानव अधिकार समुहकी सदस्य नागेश्वरी चौधरीले बालविवाहको कारण महिला हिंसाका घटनामा बृद्धी भएको बताउनु भयो ।
मैनामोती चौधरी