स्थानीय तहमा वातावरणको अधिकारसम्बन्धी कार्यशाला सम्पन्न
कास्की । २०८० मङ्सिर १९ गते
माछापुच्छ्रे गाउँपालिका– ३ घाचोकमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशद्वारा गठित माछापुच्छ्रे मानवअधिकार समूहको आयोजनामा स्थानीय तहमा वातावरणको अधिकारसम्बन्धी कार्यशाला ०८० मङ्सिर १८ गते सम्पन्न भएको छ । कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका– ३ का वडाध्यक्ष हरिचन्द्र लम्सालले वडाभित्र मानवअधिकारका विषयमा काम गर्न समूहलाई जुनसुकै बेला सहयोग गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा वडाकै शुक्लागण्डकी माध्यमिक विद्यालयका सामाजिक विषयका शिक्षक अणनाथ भण्डारीले वातावरणसम्बन्धी सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरुले आफूहरुले विद्यालयलाई स्वच्छ राख्न दैनिक वातावरण सरसफाइमा ध्यान दिने गरेको बताएका थिए । कार्यक्रममा बोल्दै समूहका सदस्य कुलप्रसाद अधिकारले घाचोकमा जस्तै अन्य वडाहरुमा पनि सरसफाई कार्यक्रम गरी वातावरण मैत्री हुन आवश्यक रहेको बताउनुभयो । कार्यक्रम समूहका अध्यक्ष डिल्लीराम भण्डरीको अध्यक्षतामा भएको थियो भने आतिथ्यतामा शिक्षक, सवाजसेवी जनप्रनिनिधि, तथा मानवअधिकार समूह तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
सन्जय रानाभाट