








कपिलवस्तु । २०७७ असोज २३ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कपिलवस्तुको आयोजना तथा मानव अधिकार समूह वाणगङ्गाकोे समन्वयमा स्वास्थ्य अधिकारको अवस्था र सरोकारवालाहरूबिचको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम असोज २२ गते सम्पन्न भएको छ । कार्यक्रममा स्वास्थ्य अधिकारको विषयमा भएको संबैधानिक व्यवस्था स्वास्थ्य तथा प्रजनन स्वास्थ्यको अधिकार, कसुर र सजाय सम्बन्धी व्यवस्था, नगरपालिकाको स्वास्थ्यको अवस्था तथा कोभिड १९ ले पारेको असर लगायतका विषयमास्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले आधारपत्र प्रस्तुत गर्नु भएको थियो । स्वयम् सेविका बसन्ता भुसालले राज्यले दिने भनेको सुत्केरी भत्ता पिपरा अस्पतालवाट साउन देखि प्राप्त गर्न नसकेको गुनासो गर्नु भयो । उहाँले अहिले कोभिडको खटिने स्वास्थ्य स्वयम् सेविकाहरूलाई जिल्लामा केही स्थानिय तहहरूले प्रोत्साहन भत्ता दिए पनि आफ्नो नगरमा नपाएको बताउनु भयो । स्वास्थ्यकर्मीहरू जोखिम मोलेर स्वास्थ्य सेवा दिइरहेको बताउनु भयो ।
यसैैगरी, पटना स्वास्थ्य चौकीका इन्चार्ज पर्सुराम थारूले सरकारले निःशुल्क भनिएका परिवार नियोजनका साधनहरु सजिलैसँग प्राप्त गर्न नसकिएको गुनासो गर्नुभयो । सेवाग्राही सरिता पोखरेलले नगरपालिकाले निशुल्क रुपमा वितरण गरेको क्याल्सियम गुणस्तर नभएको र खोल्दा धुलो हुने भएकोले गर्भवति महिलाले खान नमानेको बताउनु भयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले राज्यले निशुल्क भनिएको औषधि तथा सेवा जस्तो सुकै परिस्थितीमा पनि नगरपालिकाले उपलब्ध गराउने प्रतिवद्धता जनाउनु भएको छ । प्रमुख पन्थीले स्वास्थ्य क्षेत्र सँग आएका समस्याहरू स्थानीय रुपमै हल गर्ने बताउँदै नगरपालिका भित्रका अस्पतालहरूले दिने सेवा प्रभावकारी बनाउने , सेवाग्राहपरेको २४ घण्टा भित्र कारबाही गर्ने प्रतिवद्धता जनाउनु भयो । अस्पताकी डाक्टर रञ्जिता कुमारी महतोले सेवाग्राहीहरुलाई चुस्तदुरुस्त सेवा दिने प्रतिवद्धता जाहेर गर्दै अस्पतालको सेवा प्रति कुनै गुनासो भए आफुलाई जानकारी गराउन अनुरोध गर्नु भयो ।
पार्वती आचार्य