स्वास्थ्य अधिकारको अवस्था र सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया सम्पन्न

कपिलवस्तु । २०७८ भदौ २३ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कपिलवस्तुको आयोजना तथा मानवअधिकार समुह बुद्धभुमिको समन्वयमा स्वास्थ्य अधिकारको अवस्था र सरोकारवालाहरू भूमिका विषयक अन्तरक्रिया कार्यक्रम भदौ २१ गते सम्पन्न भएको छ । कार्यक्रममा स्वस्थ्य अधिकारको संबैधानिक व्यवस्था स्वास्थ्य तथा प्रजनन स्वास्थ्य अधिकार, कसुर र सजाय सम्बन्धी व्यवस्था, बुद्धभूमि नगरपालिकाको स्वास्थ्य अवस्था तथा कोभिड–१९ ले पारेको असरका विषयमा बुद्धभूमि नगरपालिका स्वास्थ्य शाखा अधिकृत गोकर्ण अर्यालले आधार पत्र प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा बुद्धभूभि नपा–४ का वडा अध्यक्ष पवनकुमार थारूले इन्सेक र मानव अधिकार समूहले नगरपालिकाको वडाहरूका विभिन्न टोलहरूमा गएर देखिएका समस्याहरूबारे उजागर गर्ने समाधान लागि पहल गर्ने कार्यले समस्या समाधान गर्न स्थानीय तहलाई पनि सहज हुने बताउनु भयो । थारूले कार्यक्रममा आएका सुझावहरूलाई ग्रहण गर्दै नगरपालिकाले निती बनाएर अगाडि बढ्न मद्दत पुग्ने बताउनु भयो । उहाँले कोभिड–१९ का कारण सेवाग्राहीहरूले उचित सेवा पाउन नसकेको र बिकास निमार्णका कार्यहरूसमेत सहजरुपमा हुन नसकेको बताउनु भयो ।

बुद्धभुमि नपा– २ जयनगर स्वास्थ्य चौकीका इन्चार्ज डोलबिक्रम बेल्बासेले कोभिड–१९ ले स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा प्रभाव पारेको बताउदै यस्तो अवस्थामा पनि स्वास्थ्यकर्मीहरू सक्रिय भएर सेवा दिएको बताउनु भयो । बेल्बासेले स्वास्थ्यकर्मीहरूले जोखिम मोलेर सेवा दिएको भएपनि सुरक्षाका सामाग्री नपाएको गुनासो गरेका थिए ।

पार्वती आचार्य