





रामेछाप । २०७७ माघ ८ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा रामेछापको सदरमुकाम मन्थलीमा स्वास्थ्य अधिकारको विषयमा सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम ०७७ माघ ८ गते सम्पन्न भएको छ । नगरपालिका र जिल्लाका सरोकारवालाको सहभागिता रहेको सो कार्यक्रममा मन्थली नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख केशव फुयाँलले मन्थली नगरपालिकामा कोरोना रोकथाम तथा नियन्त्रण र अन्य रोगको रोकथाम तथा नियन्त्रणको लागि भएका कामको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले नगरपालिकामा कारोनाको कारण कुनै मानविय क्षति नभएको बताउनुभयो । अहिले पनि रोग नियन्त्रणका लागि आवश्यक सम्पूर्ण तयारीका साथ नगरपालिका बसेको बताउनुभयो ।
यसैगरी उहाँले नगरपालिकामा स्वास्थ्य सेवालाई प्रभाकारी बनाउ राज्यले उपलब्ध गराउने निःशुलक औषधिको अभाव हुन नदिएको बताउनुभयो । सदरमुकाम मन्थलीको प्राथमिक स्वास्थ्य केन्द्रलाई २५ बेडको अस्पतालको –पमा विकास गर्ने काम भइरहेको, शल्यक्रिया सहितको प्रसुति सेवा १२ महिना नै सञ्चालन गर्ने गरी नगरपालिकाले व्यवस्थापन गर्न लागेको, स्वास्थ्यर्मी थप गर्नको लागि सूचना निकालि सकिएको उहाँले जानकारी दिनुभयो ।
सहभागीले सेवालाई अझ प्रभावकारी बनाउनु पर्ने, स्वास्थ्य बीमा गरेकाले पाउने सबै सेवा र औषधि प्राथमिक स्वास्थ्य केन्द्रबाट नै उपलब्ध गराउनुपर्ने, अनुगमनको कामलाई अझ प्रभाकारी बनाउनु पर्ने लगायतका सुझाव दिएका थिए । कार्यक्रममा मानव अधिकार संरक्षण सञ्जाल रामेछापका अध्यक्ष पाण्डव प्रसाईँले जनता स्वास्थ्यको आधारभुत अधिकार संविधानले मौलिक हकमा सुनिश्चिता गरेकोले सो राज्यको जिम्मेवारी भएको बताउनु भयो ।
नबराज पथिक