स्वास्थ्य अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
रामेछाप । २०७८ मङ्सिर २८ गते
खाँडादेवी गाउँपालिका–६ माकादुममा स्वास्थ्य अधिकार विषयक अन्तरक्रिया कार्यक्रम मङ्सिर २७ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रामेछामको को आयोजनामा भएको कार्यक्रममा कार्यवाहक वडाध्यक्ष विन्द्रकुमार लामा, गाउँ कार्यपालिका सदस्य हरिमाया दमिनी, भक्तकुमारी कार्की लागयतका जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयम्सेवीका, स्वास्थ्यकर्मी सामाजिक अगुवा लगायतको सहभागीता रहेको थियो ।
माकादुव स्वास्थ्य चौकी इन्चार्ज सरतिा चौहानले गाउँघर क्लिनकिमा पूर्वाधार नहुँदा सेवा सञ्चालनमा समस्या भएको बताउनु भयो । कार्यापालिका सदस्य हरिमायाले स्वास्थ्य क्षेत्रका समस्या संवोधनका लागि गाउँपालिकामा लगातार आवाज उठाइ रहेको बताउनु भयो । उहाँले स्वास्थ्य स्वयम्सेवीकाहरूले प्रसुति सेवालाई व्यवस्थित गर्न ध्यान दिनु पर्ने बताउनु भयो । वडा सदस्य बिएससी लामाले स्वास्थ्य स्वयम्सेवीकाको कामको प्रशंसा गर्दै उहाँहरूलाई सेवा थप्ने कुरामा आफूहरूले आवाज उठाइरहेको बताउनु भायो ।
कार्यक्रमका सहभागीले स्वास्थ्य संस्थाको भवन लागायतको पूर्वाधार व्यवस्था नहुँदा सेवा प्रवाहमा समस्या रहेको बताएका थिए । उहाँहरूले प्रसुती सेवा केन्द्रमा शौचालय समेत नहुँदा निक्कै अप्ठेरो ब्यहोर्नु परेको गुनासो राखेका थिए । वडाध्यक्ष लामाले भवन निर्माणको आवश्यक काम भइरहेको बताउँदै अन्य सानातिना समस्या वडा कार्यालयबाटै समाधान गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रसुती केन्द्रमा शौचालय र बिरामी कुरुवा तथा कर्मचारीलाई आराम गर्न ट्रष्ट भवन बनाइने उहाँले बताउनुभयो ।
नबराज पथिक