स्वास्थ्य अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

कालीकोट । २०७७ असोज २१ गते

 

शुभकालिका गाउँपालिकामा सरोकारवालाबिच असोज २० गते स्वास्थ्य अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने परियोजना अन्तर्गत स्वास्थ्य अधिकार सुनिश्चित गर्ने उद्देश्यकासाथ अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्यकर्मीहरू, मानव अधिकार समूहका प्रतिनिधि लगाएतको सहभागिता रहेको कार्यक्रममा स्वास्थ्य र सरसफाई क्षेत्रमा देखिएका समस्याको विषयमा छलफल भएको थियो ।

कार्यक्रममा मुख्य समस्याको रूपमा शुभकालिका गाउँपालिका १ छाति गाउँमा प्रसुति केन्द्र नहुनु, स्वास्थ्य संस्थामा आवश्यक औषधी उपकरण नहुनु, वडा स्वास्थ्य इकाइमा स्टेचर नभएको विषयलाई उठान गरिएको थियो । सहभागिले उठाएका सवालमा स्वास्थ्य शाखा प्रमुख भिमवहादुर शाहीले गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरुको समाधान गर्नु पर्ने र यसका लागि स्वास्थ्य शाखाले कार्यपालिकामा योजना पेस गर्ने प्रतिवद्धता जनाउनु भयो ।

कालीबहादुर मल्ल