हाटबजार व्यवस्थापन गर्न इन्सेकको ध्यानाकर्षण

सुर्खेत । २०८० फागुन ३० गते

पञ्चपुरी नगरपालिका–५ स्थित हाटबजारको व्यवस्थापन गर्न फागुन ३० गते ध्यानाकषर्ण पत्र बुझाएको छ । इन्सेकद्वारा गठित पञ्चपुरी नगरपालिका स्तरीय मानव अधिकार समूहका संयोजक अमरबहादुर कार्कीसहितको टोलीले नगरपालिकाकी उपप्रमुख मुक्तिदेवी रेग्मी पुरीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । समूहले मानव अधिकार शिक्षा कार्यक्रम अर्न्तगत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद अधिकार सम्बन्धी सेवाहरु र ती सेवा प्राप्तिमा जनताको पहुँच वृद्धि गर्न आयोजना गरिएका विभिन्न कार्यक्रमहरुमा समूहले सरकारवालाहरुले दिएको सुझाव सल्लाह नगरपालिकाले गरेको प्रतिबद्धता तथा मानव अधिकार समूहले पहिचान गरेका समस्यामा पञ्चपुरी नगरपालिका–५ स्थित हाट बजार क्षेत्र अत्यधिक फोहोर र त्यहाँ भित्र रहेका शौचालय अव्यवस्थित रहेकोप्रति ध्यानाकर्षण जनाएको हो ।

पञ्चपुरी नगरपालिकामा रहेकाे हाटबजारमा अर्गानिक सागसब्जी, तरकारी फलफुलहरु बिक्री वितरण गर्ने ठाउँ रहेकोले  हजारौ मानिसहरुको आवतजात हुने भएकोले प्लास्टिक जन्य फोहोर व्यवस्थित नहुँदा मानव स्वास्थ्यमा धेरै असर पारेको जनाएको  छ । संविधानले व्यवस्था गरे अनुरुप नागरिकहरुको सबै खाले अधिकार सुनिश्चित गर्ने स्थानीय तह प्रमुख जिम्मेवार निकाय रहेको हुँदा तत्काल दिर्घकालीन प्लास्टिकजन्य फोहोर व्यवस्थापन, शौचालय र खानेपानी व्यवस्थापन गर्न  समूहले अनुरोध गरेको छ । ध्यानाकर्षण कार्यक्रममा मानव अधिकार समूहका सदस्यहरु रमेश ढुंगाना, गोरक बि.क, मोतिप्रसाद सापकोटा, धनरुपा बि.क, डम्मादेवि वयक, डिल्लीराम घिमिरे, डिला कुमारी चपाई, विमला विक र इन्सेक जिल्ला सहजकर्ता ललिता बि.कको सहभागीता रहेको थियो ।

जगतदल जनाला विक