हिंसा पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग

बाग्लुङ । २०८१ भदौ १६ गते

बडिगाड गाउँपालिका–१० दर्लिङको डहरे देउरालीकी ७३ वर्षीया पन्थी विकलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले ०८१ भदौ १५ गते आर्थिक सहयोग प्रदान गरेको छ । पीडितलाई इन्सेककोे ‘पीडित सहायत’ अन्तर्गत उपचार र न्यायका लागि भन्दै इन्सेक जिल्ला प्रतिनिधि मार्फत ५ हजार रुपियाँ प्रदान गरिएको हो ।

पीडितकी बुहारी ३६ वर्षीया होमकुमारी कामीले ०८१ भदौ ११ गते घरायासी विवादको क्रममा आफुलाई हँसियाले प्रहार गरी घाइते बनाएको भन्दै इन्सेकमा सहायताका लागि भदौ १४ गते निवेदन दिएकी थिइन् । पीडित पन्थीको धौलागिरी अस्पताल बागलुङमा स्वास्थ्य उपचार गरिएको छ । आर्थिक अवस्था कमजोर भएकी पन्थीले इन्सेकको सहयोगले उपचार र न्यायका लागि सहयोग पु¥याएको बताउनु भयो ।

सिर्जना पन्त