२५औं अन्तर्राष्ट्रिय युवा दिवसमा दीप प्रज्वलन कार्यक्रम
धनुषा । २०८१ साउन ३० गते
२५औं अन्तर्राष्ट्रिय युवा दिवस ०८१ साउन २८ गते साँझ ७ बजे जानकी मन्दिरको प्राङ्गणमा दीप प्रज्वलन कार्यक्रम गरी सम्पन्न गरिएको छ ।
“अनुभव तपाईको सोच युवाको” भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवस जनकपुरधामस्थित जानकी मन्दिरको प्राङ्गणमा दीप प्रज्वलन कार्यक्रम गरी सम्पन्न भयो ।
उक्त कार्यक्रम मधेस प्रदेश युवा तथा खेलकुद मन्त्रालय, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), युएसएआइडी, सेभ द चिल्ड्रेन, केयर नेपाल, जिल्ला युवा सञ्जाल, ओरेक, कायापलट, नील हिरा समाज लगायत जिल्लामा कार्यरत र्राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूको संयुक्त आयोजनामा सम्पन्न गरिएको हो ।

मधेस प्रदेश युवा तथा खेलकुद मन्त्रालयका प्रतिनिधिको निशा साहले युवाका लागि प्रदेश सरकारले रोजगारीको प्रयास गरिरहेको बताउनु भयो । राज्यको हरेक क्षेत्रमा युवाहरूको महत्वपूर्ण भूमिका भएपनि त्यसलाई नेतृत्व वर्गहरूले बुझ्न नसकेको उहाँले बताउनु भयो । साहले प्रदेशमा सबै भन्दा कम बजेट युवा तथा खेलकुद मन्त्रालयमा रहेकाले काम गर्न समस्या भएको बताउनुहुँदै युवा परिषद्लाई सशक्त बनाउन लाग्नुपर्नेमा जोड दिनु भयो ।
सामान्य अर्थमा व्यक्तिलाई उमेरका आधारमा गरिने पहिचान अनुरुप वाल्यावस्था पार गरिसकेका र प्रौढावस्थामा पुगिनसकेका समूहका व्यक्तिलाई युवा भनिन्छ । युवा त्यो उमेर समूह हो जसमा राष्ट्रको भविष्यका कर्णाधार वर्तमानका साझेदार तथा विकास र परिवर्तनका संवाहकको सामथ्र्य रहेको युएसएआइडीका प्रतिनिधि विजय झाले बताउनु भयो ।
उक्त कार्यक्रममा विगत लामो समयदेखि मानव अधिकारको क्षेत्रमा काम गर्दै आएका अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), कायापलट, नील हिरा समाज, युवा तथा खेलकुद मन्त्रालय, ओरेक, पत्रकार, नागरिक समाज, नेपाल प्रहरी लगायत मानव अधिकार क्षेत्रमा काम गर्ने संघ संस्थाहरूको सहभागिता रहेको थियो ।
सन्तोषकुमार यादव
HUMAN RIGHTS NEWS PORTAL






