अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न

भक्तपुर । २०७९ असार १४ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले असार १३ गते मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रममा सम्पन्न भयो । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि रमेश गिरीले तथ्याङ्क सार्वजनिक गर्दै विगत ६ महिनाको अवधीमा पाँच जनाको हत्यातीन जना आफ्नै परिवारबाट हत्यानौ जनाको हत्या प्रयास१४ जनाको बलात्कारदुई जनाको बलात्कार प्रयासका घटनाबाट पीडित भएको बताउनु भयो । यसैगरी उहाँले चारजना बहुबिवाहकोएक जना मानव बेचबिखन तथा ओसारपसर र एक जना अपहरण उद्योगबाटघरेलु हिंसाबाट पाँच जना महिला र आत्महत्या दुरुत्साहनबाट दुई जना पीडित भएका छन् । कार्यक्रममा महानगरीय पहरी परिसर भक्तपुरका प्रमुख एसपी शिवकुमार श्रेष्ठले मानव अधिकार संरक्षणमा बाधकको मुख्य कारक तत्व लागू औषधको कारोबार एवम् दुव्र्यसनी र मदिरा सेवननै रहेको बताउँदै यसलाई सरकारले कडाईका साथ नियन्त्रणकोनीति लिनु पर्ने बताउनु भयो । उहाँले भक्तपुरमा पहिलो लागू औषधदोश्रोमा बलात्कारतेश्रोमा चोरीचौथोमा सवारी ज्यानपाँचौमा ठगी जस्ता समस्या जटिल बन्दै आएको बताउँदै अपराध मुक्त समाज निर्माणका लागि समुदायले आफ्नो समाजलाई अपराध मुक्त बनाउने अभियान सञ्चालन गर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा नेपाल बार एसोसियसन भक्तपुरका अध्यक्ष रविन्द्र प्रधानले यातायात मजदुरइँटा भट्टाबालुवा तथा माटो खानीश्रम क्षेत्रमा अपराधका घट्ना बढी हुने गरेको बताउदै अधिकार प्रयोगका नाममा छाडा र दुरुपयोग भइरहेको औँल्याउनु भयो । कार्यक्रममा गैरसरकारी संस्था महासङ्घ भक्तपुरका अध्यक्ष नारायण न्यौपानेले अपराध नियन्त्रणमा गैससले अभियान नै सञ्चालन गरेको बताउनु भयो । नेपाल पत्रकार महासङ्घ भक्तपुरका सल्लाहकार एवम् पूर्वअध्यक्ष पुष्करराज बुढाथोकीले अपराधको मुख्य कारक तत्वको खोजीलाई त्यसलाई जरैदेखि उखेल्नु पर्ने बताउनु भयो । त्यसअवसरमा गैसस महासङ्घका कोषाध्यक्ष पहलमान श्रेष्ठमानव अधिकारकर्मी युवराज घिमिरेसिविसका महासचिव अनिता पाण्डेपत्रकार रामचन्द्र प्रजापतीगैससकी सीता अधिकारीइन्सेकका भक्तपुर सहजकर्ता राजु मंग्रान्तीमानव अधिकार समूहका अध्यक्ष बच्चुराम न्यौपानेलगायतले मानव अधिकारको वर्तमान् अवस्थाकाबारेमा चर्चा गर्नु भएको थियो ।

रमेश गिरी