इन्सेकको अभिलेखीकरणले न्यायिक काम सहयोग: न्यायाधीश पाण्डे

दैलेख । २०८२ पुस ७ गते

जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेले इन्सेकले हरेक वर्ष प्रकाशन गर्ने मानव अधिकार वर्ष पुस्तकले अदालत र न्यायिक कार्यसम्पादन गर्ने प्रहरी, प्रशासन, सरकारी वकिल लगायतका निकायलाई सहयोग पुगेको बताउनु भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दैलेखले २०८२ पुस ६ गते आयोजना गरेको  नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व  वार्षिक समीक्षा कार्यक्रममा उहाँले मानव अधिकार वर्ष पुस्तकको अभिलेख र आम सञ्चार माध्यममा आउने समाचारले सरकारी काममा सजगता बढाएको चर्चा गर्नुभयो ।

कार्यक्रममा दैलेखका प्रहरी इञ्चार्ज डिएसपी गणेशबहादुर बरालले इन्सेकको मानव अधिकार अभिलेखले समाज सचेतना बढाएको र यसले शान्ति सुरक्षा सवलीकरणमा सघाएको बताउनु भयो । नेपाल बार एशोसियसन दैलेखका अध्यक्ष प्रेमबहादुर थापाले अदालतबाट फैसला नआउदासम्म सार्वजनिक प्रकाशनमा नलिन सुझाव दिनुभयो ।

इन्सेक प्रतिनिधि अमर सुनारले जिल्लामा सन् २०२५ जनवरीदेखि  डिसेम्बर २० गतेसम्मका जिल्लामा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका ८७ वटा घटना अभिलेख गरेकाे कार्यक्रममा प्रस्तुत गर्नु भयो । जसमा व्यक्ति हत्याका ६, कुटपिट अभद्र व्यवहार नाै, बालबालिका कुटपिट दुई, बालविवाह पाँच, बालिका बलात्कार २३, बाल यौन दुर्व्यवहार तीन, महिला अधिकार अन्तर्गत बलात्कारका पाँच, घरेलु हिंसा १९, आत्महत्या दुरुत्साहन चार, ज्यानमार्ने उद्योग ११ रहका छन्।

गैसस महासंघ दैलेखका अध्यक्ष डिलकुमारी चन्दको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार र नागरिक समाजका अगुवाहरुले मानव अधिकार हनन् र ज्यादती रोक्न प्रहरी प्रशासनको प्रयास तथा सहकार्यता बारे प्रश्न राखेका थिए । 

अमर सुनार