भोटेकोशी नदीमा ०८३ भदौ १० गते आएको बाढीका कारण प्रभावित समुदायको अभिलेख संकलन गर्न साथै प्रभावितहरुलाई राहत, उद्धार र पुर्नस्थापनाका लागि सरकारलाई सहयोग पुर्याउने उद्देश्यले नुवाकोटको विदुर नगरपालिका—२ मा ०८३ भदौ २० गते सूचना तथा समन्वय सम्पर्क कार्यालय स्थापना गरिएको छ ।

इन्सेक बागमती प्रदेश कार्यालयका संयोजक शिव प्रसाद खकुरेलका अनुसार बाढीका कारण नुवाकोट जिल्लाबाट सम्पर्कविहीन, मृत्यु, घाइते, प्रभावित भएका व्यक्तिहरुको विवरण संकलन, बाढी प्रभावित क्षेत्रहरुमा भएको क्षति र त्यसकारण सिर्जित मानव अधिकार संकटलाई समाधान र सहजिकरण गर्नका लागि सहयोग पुर्याउने उद्देश्यले कार्यालयको स्थापना गरिएको हो ।
इन्सेकका सूचना अधिकारी कृष्ण गौतमले नुवकोटको मानव अधिकार अवस्था अनुगमन गरी सरकारलाई आवश्यक सहयोग पुर्याउन र प्रभावितहरुको मानव अधिकार संरक्षणमा समन्वयकारी भूमिका निर्वाह गर्न कार्यालयको स्थापना गरी योगदान पुर्याउनका निम्ति कार्यालय मार्फत आवश्यक सहजिकरण गरिने बताउनु भयो ।
HUMAN RIGHTS NEWS PORTAL






