अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालयले ०८३ बैशाख ४ गते बलात्कार घटनाकी पीडित २० वर्षीया महिलालाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।डिसीएको आर्थिक सहयोगमा इन्सेक मधेस प्रदेशद्वारा गठित मानव अधिकार सहायता कक्ष मार्फत सो सहायता रकम प्रदान गरेको इन्सेक सर्लाही प्रतिनिधि बुधन साहले जानकारी दिनु भयो । पीडित महिलाको आर्थिक अवस्था कमजोर रहेको भन्दै न्यायिक प्रक्रिया जानका लागी सहयोग पुग्ने उद्देश्यले आर्थिक सहयोग गरेको साहले बताउनु भयो ।०८२ पुस २२ गते मलंगवा नगरपालिका–११ गम्हरीयाका २६ वर्षीय विनोद कुमार यादवले बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, मलंगवामा ०८२ माघ ११ गते उजुरी दिनु भएको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण ०८२ माघ ११ गते जिल्ला अस्पताल मलंगवामा भएको थियो । आरोपित यादव हालसम्म फरार रहेकोले खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी सरोज राईले जानकारी दिनु भयो ।
कानुनी प्रकृयामा जानका लागि इन्सेकको सहयोग
सर्लाही । २०८३ बैशाख ४ गते
HUMAN RIGHTS NEWS PORTAL






