आर्थिक अवस्था कमजोर भई कानुनी प्रक्रियामा जानका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालयले ०८२ मङ्सिर ७ गते ३७ वर्षीया महिलालाई १० हजार रुपियाँ सहयोग प्रदान गरेको छ ।
पीडितको आर्थिक अवस्था कमजोर रहेको कारण न्यायिक प्रक्रियामा सहयोग हुने उदेश्यले सो रकम उपलब्ध गराइएको इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानले बताउनु भयो ।
पीडितले न्यायिक प्रक्रियामा सहयोग गरिदिन भन्दै ०८२ कात्तिक २८ गते इन्सेक सर्लाही प्रतिनिधि बुधन साहलाई निवेदन दिनु भएको थियो ।
३७ वर्षीया महिलालाई ०८२ जेठ २ गते बलात्कार प्रयास गरेको भन्दै ब्रहमपुरी गाउँपालिका–५ का ३६ वर्षीय महेश कुमार यादवविरुद्ध पीडित पक्षले जेठ १३ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिएको थियो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ १३ गते सर्लाही जिल्ला अस्पतालमा गरिएको थियो ।
आरोपित यादव हालसम्म फरार रहेकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी सरोज राईले बताउनु भयो ।
HUMAN RIGHTS NEWS PORTAL






