आर्थिक अवस्था कमजोर भई कानुनी प्रक्रियामा जानका लागि इन्सेक मधेशद्वारा गठित मानव अधिकार सहायता कक्ष मार्फत ०८२ मङ्सिर ५ गते बलात्कार घटनाकी पीडित ५३ वर्षीया महिलालाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
पीडित महिलाले कात्तिक २८ गते आर्थिक अवस्था कमजोर रहेको र न्यायिक प्रक्रियामा सहयोग गरीदिन भनी सर्लाही जिल्ला प्रतिनिधि बुधन साहमार्फत निवेदन दिएको आधारमा सो रकम प्रदान गरिएको इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानले बताउनु भयो ।
महिलालाई ०८१ फागुन ६ गते ब्रहमपुरी गाउँपालिका–५ का ४७ वर्षीय नागेश्वर यादवले बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, मलंगवामा ०८१ चैत ११ गते उजुरी दिएकी थिइन् । आरोपित यादव हालसम्म फरार रहेकोले खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी सरोज राईले जानकारी दिनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण ०८१ चैत १२ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको थियो ।
HUMAN RIGHTS NEWS PORTAL






