कानुनी प्रक्रियामा जान इन्सेकद्वारा आर्थिक सहयोग

बाँके । २०८२ फागुन २५ गते

आर्थिक अवस्था कमजोर भएर कानुनी प्रकृयामा जान समस्यामा परेकी घरेलु हिंसापीडित महिलालाई इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले संरक्षण परियोजना अन्तर्गत मानव अधिकार सहायता कक्ष मार्फत ०८२ फागुन २५ गते आर्थिक सहयोग प्रदान गरेको छ । इन्सेक की लक्ष्मी चौधरीले फागुन २५ गते नेपालगञ्ज उपमहानगरपालिका–१९ की ३१ वर्षीया घरेलुंिहंसा पीडित महिलालाई १० हजार रुपियाँ हस्तान्तरण गर्नुभएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका–१९ बस्ने ३९ वर्षीय पति भरत दमैले जिल्ला अदालत नेपालगञ्जमा दायर गरेको सम्बन्ध बिच्छेद मुद्दाका सम्ह्वान ०८२ माघ २८ गते तमेल भैबुझी पाए अनुसार पीडितले न्यायिक पकृयामा जान कठिनाई भएकाले दलित महिला संघको सिफारिस लिई न्यायमा पहँुचकालागि आर्थिक सहयोगको लागि इन्सेक कार्यालयमा फागुन १४ गते निवेदन दिनुभएको थियो ।

पतिले हेरचाह नै नगरी घरनिकाला गरिदिएपछि पीडितले १३ वर्षीय र ११ वर्षीय छोरालाई संगै राखी डुडुवा गाउँपालिका–५ डलैपुर माइतमा बस्दै आउनु भएको छ । पीडितलाई न्यायिक प्रक्रियामा जान सहजता होस् भनेर उक्त सहयोग रकम उपलव्ध गराइएको इन्सेकका कार्यक्रम अधिकृत टेकनाथ आचार्यले बताउनु भयो ।

ध्रुब राज शर्मा