कानुनी प्रक्रियामा जान पीडितलाई इन्सेकको सहयोग

कालीकोट । २०८२ असार ३० गते

खाँडाचक्र नगरपालिका–९ की ४२ वर्षीया राजु मल्ललाई इन्सेकले कानुनी प्रक्रियामा जानका लागि कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्मा मार्फत ०८२ असार २९ गते १० हजार रुपियाँ सहयोग प्रदान गरेको छ ।

पति ४७ वर्षीय हस्तबहादुर मल्लले दोस्रो विवाह गरेर वस्ता नगरेको र घर छोड्न धम्की दिएपछि आफूलाई कानुनी प्रक्रियामा जान समस्या भएको भन्दै पीडितले इन्सेक, कर्णाली प्रदेश कार्यालयमा सहयोगको लागि असार २४ गते निवेदन दिनुभएको थियो । पीडितको निवेदन प्राप्त भएपछि इन्सेकले सञ्चालन गर्दै आएको मानव अधिकार सहायता कक्षको निर्णय अनुसार सहयोग रकम प्रदान गरिएको हो ।

पीडितले असार १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।

कालिबहादुर मल्ल