



क्रैलाली । २०८२ साउन २७ गते
बलात्कार घटनाका पीडित बालिकालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८२ साउन २७ गते कानुनी प्रक्रियामा जानका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।
अछाम जिल्ला ढकारी गाउँपालिका–६ घर भई धनगढी उपमहानगरपालिका—४ बस्ने १३ वर्षीया बालिकालाई न्यायिक प्रक्रियामा जान सहज होस् भन्ने उद्देश्यले पीडित परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको हो ।
पीडित बालिकाको बुवा नभएको र पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले न्यायिक प्रक्रियामा जानका लागि समस्या भएको भन्दै पीडित बालिकाकी आमाले इन्सेकद्वारा सञ्चालित मानव अधिकार सहायता कक्षमा निवेदन दिएपछि इन्सेक सुदूरश्चिम प्रदेश कार्यालय, धनगढीले आर्थिक सहयोग स्वरुप १० हजार रुपियाँ प्रदान गरेको हो ।
पीडित बालिकालाई ०८२ असार १८ गते धनगढी उपमहानगरपालिका–४ का ३३ वर्षीय पृथ्वीराज घिमिरेले बलात्कार गरेको आरोपमा पीडित पक्षले असार १९ गते इलाका प्रहरी कार्यालय, त्रिभुवनबस्तीमा उजुरी दिएको थियो । आरोपित हालसम्म पनि फरार रहेका छन् ।
पीडित बालिकाको स्वस्थ्य परीक्षण असार १९ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।
आर्थिक अभावका कारण पीडितहरुले न्याय पाउनबाट वञ्चित हुन नपरोस् र पीडितको न्यायमा सहज पहुँच पुगोस् भन्नका लागि इन्सेकले मानव अधिकार सहायता कक्ष मार्फत आर्थिक सहयोग प्रदान गर्दै आएको इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले बताउनु भयो ।
मैनामोती चौधरी